वैदेशिक अध्ययनको विकल्प ग्रेस एजुकेशन : गणेश

चितवन, भाद्र, ११ । पछिल्लो समय नेपाली बिद्यार्थीहरु उच्चशिक्षाको लागि विदेश जाने क्रम बढेको छ । प्लस २ तथा व्याचलर पास गरे पछि विद्यार्थीहरु वैदेशिक अध्ययनको लागिजाने गरेका छन् । विदेश पढ्न जाने विद्यार्थीहरुलाई मार्ग निर्देशनसहित उचित परामर्श दिने हेतुले बजारमा विभिन्न शैक्षिक परामर्श केन्द्रहरु खुलेका छन् ।

शैक्षिक परामर्श केन्द्रहरुले विदेश पढ्न जाने विद्यर्थीहरुको लागि आवश्यक प्रोसेसिङ्ग पनि गरिदिने हुँदा विद्यार्थीहरु कन्सल्टेन्सीहरु मार्फत बाहिर जाने गर्दछन् । जसका कारण बैदेशिक शिक्षा हासील गर्न जानकोहरुको लागी सहज भएको छ । चितवनमा बिभिन्न कीसीमका परामर्स केन्द्रहरुको स्थापना पनि भएका छन् । सोहि क्रममा ग्रेस इन्टरनेशनलले पनि चितवन लगाएत देशै भरबाट सेवा दिदै आईरहेका छन् ।

चितवनमा विगत १२ वर्ष अगाडी स्थापित ग्रेस इन्टरनेशनलले अहिलेसम्मविदेश पढ्न जाने विद्यार्थीहरुलाई उचित परामर्शसहित आवश्यक प्रोसेसिङ्गमा सहयोग गर्दै आएको छ । भने समय समयमा ग्रेस इन्टरनेशनल अष्ट्रेलियन एजुकेशन फेयरको पनि आयोजना गर्दै आईरहेको छ । सोहि क्रममा यही भदौं १४ गते हुनलागेको ग्रेस इन्टरनेशनल अष्ट्रेलियन एजुकेशन फेयर २०१८ को बारेमा ग्रेस इन्टरनेशनल चितवनका प्रवन्ध निर्देशक गणेश लामिछानेसँग गरिएको कुराकानी प्रस्तुत गर्ने छौं ।

१. ग्रेस इन्टरनेशनल कस्तो किसिमको संस्थाहो ?
–यो संस्था विशुद्ध वैदेशिक शिक्षासँग सम्बन्धित संस्थाहो । यस संस्थालाई नाफामूलक र सेवामुखीदुवै तरिकाले हेर्न सकिन्छ । विशेषगरि अध्ययनको लागिविदेश जाने विद्यार्थीहरुको लागिउचित शैक्षिक परामर्श गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने यस संस्थाको मुख्यकाम हो ।

२. विद्यार्थीहरुलाई सहि तरिकाले वैदेशिक शिक्षाका लागि कसरी पठाईन्छ ?
–विदेश पढ्न जाने इच्छा बोकेर पनि आवश्यक परामर्शको अभावमा रुमलिरहेका विद्यार्थीहरुलाई यस ग्रेस इन्टरनेशनलले धेरै सहयोग पु¥याईरहेको छ । विदेश पढ्न जानको लागि आवश्यक प्रक्रिया पनि अगाडि बढाउने हुँदा विद्यार्थीहरु यस संस्थाप्रति बढी आकर्षित पनि छन् । त्यसो त नेपालमै पढ्न चाहने विद्यार्थीहरुलाई पनि आवश्यक परामर्श हामीले दिने गरेका छौ ।

विदेश पढ्न जान चाहनेहरुको लागि डकुमेन्शन तथा भिजाप्रिपेरेशनमा हामीले सहयोग गर्दै आईरहेका छौं । विद्यार्थीहरुले आफूनो डकुमेन्टहरु ल्याएपछि हामीले प्रोसेसिङ्ग गर्ने हुँदाविद्यार्थीहरुले सजिलै सेवाप्राप्तगर्न सक्छन् । हामी राम्रो र भरपर्दौ कलेजहरुमामात्रै विद्यार्थीहरुलाई पठाउने गरेकोले जोखिम धेरै कम हुन्छ ।

३. विद्यार्थीको आकर्षण कुन देशमा बढि हुँदो रहेछ ?
–अहिलेकाविद्यार्थीहरु प्रायःजसो वैदेशिकशिक्षाकालागिजानहतारमा बसेका हुन्छन् । सबैको चाहना फरक–फरक देशमागई अध्ययनगर्ने चाहना हुन्छ । हामीकहाँप्राय अष्टे«लिया, न्यूजील्याण्ड र अमेरिका देशमा पढ्न जाने विद्यार्थीहरु आउने गर्दछन् ।

४. चितवनमा धेरै कन्सलटेन्सीहरु खुली सकेका छन्, तपाईहरु प्रतिविद्यार्थी कसरी विश्वस्तभईरहेका छन् ?
– अहिले प्रतिस्पर्धाको बेलापनिहो । हरेक क्षेत्रमा कडा प्रतिस्पर्धा भईरहेकै छन् । जसले गुणस्तर र भरपर्दो सेवा दिन्छन् त्यसप्रतिजो पनिआकर्षित हुन्छन् । नारायणगढमा यस संस्था स्थापनाभएदेखि हामीले धेरै विद्यार्थीहरुलाई अध्ययनको लागिविभिन्न देशमा पठाइसकेका छौ । विशेगागरि नेपालमाप्लस २ तथाव्याचलर पास गरेपछि विद्यार्थीहरु उच्चशिक्षाको लागिविदेश जाने गरेको देखिन्छ । हाम्रो सही परामर्शले नै विद्यार्थी तथाअभिभावकहरुलाई हामीप्रतिविश्वास गर्ने वातावरण बनेको छ ।

५. वैदेशिकशिक्षामाजानकालागिपूर्व तयारीकत्तिको आवश्यक छ ?
–जुनसुकै कामगर्दापनिपूर्व तयारी आवश्यक पर्दछ । त्यसमाथि यो पढाइको कुरा हो । पूर्वतयारी त आवश्यक पर्ने नै भइहाल्यो । विद्यार्थीजुन देश जानचाहेको छ, त्यहिको भाषा प्रशिक्षण तालिमदिने गरिन्छ । उच्चतह (कक्षा १२) तथाव्याचलर उत्तीर्ण गरेकाविद्यार्थीले प्रथमश्रेणीमा उत्तीर्ण (६० प्रतिशत) भएको हुनुपर्छ ।

त्यसपछि आफू जानचाहेको देशको भाषासिक्नु पर्छ । जस्तै, अस्ट्रेलिया, न्यूजील्याण्ड र अमेरिकामाअध्ययनकालागिआईईएलटिएसमा ६ वा ६.५ भन्दा बढी अङ्क ल्याउनुपर्छ । त्यसपछिआर्थिक रूपमाआफू ती देशहरूमागएर पढ्न कत्तिको सक्षम छु त्यो प्रष्ट हुनुपर्छ । त्यसकालागि नेपाल सरकारबाट मान्यताप्राप्तआधिकारिक कन्सल्टेन्सीमागएर परामर्श लिनआवश्यक छ ।

६.प्लस टु उत्तीर्ण गरी बसेकाविद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेलाको आयोजनागर्दै हुुनुहुन्छ, विशेषता के छ ?
–जो विद्यार्थी उच्चशिक्षाकालागि वैदेशिकशिक्षामाजानखोजिरहेछन् उनीहरूलाई सही परामर्श र निर्देश गर्नकालागिआउँदो अगष्ट ३० (भदौं १४ गते) हामीले भरतपुर गार्डेन रिसोर्टमा ग्रेस इन्टरनेशनल अष्ट्रेलियनएजुकेशन फेयर (शैक्षिक मेला)को आयोजना गरेका छौँ । हामीले विगत १२ वर्षदेखि देखि वैदेशिकशिक्षामाजाने विद्यार्थीलाई दक्ष, अनुभव र मान्यताप्राप्त परामर्शदाताबाट परामर्श दिँदै आइरहेका छौँ । ग्रेसले विद्यार्थीलाई आईएलटिएस ( ) जस्ता अन्तराष्ट्रिय कोर्स समेत अध्यापन गराउँदै आईरहेका छौं ।

नेपालीविद्यार्थीहरूमाअध्ययनको पहिलो रोजाई अस्ट्रेलिया नै भएकोले ग्रेसले स्थापनाकालदेखि अस्ट्रेलियाका ख्यातिप्राप्तकलेज र विश्वविद्यालयसँग समन्वय गरेर त्यहीँकै काउन्सलरद्वारा विद्यार्थीलाई परामर्शसँगै अध्यापन गराउँदै आएको छ ।

ग्रेसले अस्ट्रेलियाका विभिन्नविश्वविद्यालयकाप्रतिनिधिलाई नेपालमै बोलाएर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट मार्फत परामर्श दिने गरेको छ ।

यसै सिलसिलामायही अगष्ट ३० (भदौं १४ गते) हुनगइरहेको शैक्षिक मेलामा नेपालीविद्यार्थीलाई अष्ट्रलियाका २० भन्दा बढि कलेज तथाविश्वविद्यालयकाआधिकारिक परामर्शदाताबाट परामर्श लिनसक्ने व्यवस्थागरिएको छ ।

यस्तै मेलामाआउने विद्यार्थीहरुले शैक्षिककर्जाको बारेमाआधिकारिक बैंकका प्रतिनिधिहरुबाट समेत जानकारी लिनपाउने छन् । मेलामाआउने विद्यार्थीहरुलाई हामीले विभिन्नअफरहरुको समेत व्यवस्था गरेका छौं । यस्तै यस मेलाले विद्यार्थीलाई मात्रनभई अभिभावकहरुलाई पनि वैदेशिकशिक्षाको बारे आफैले जानकारी लिनपाउने अवसर पनि छ । यो मेलाविद्यार्थीसंगै अभिभावकहरुकालागिपनिनिकै महत्वपूर्ण छु ।

७.बैदेशिक शिक्षाकालागि जान चाहने विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
– सर्वप्रथम त म वैदेशिकशिक्षाकालागिजानचाहने विद्यार्थीहरुलाई सफलभविष्यको लागिशुभकामनादिन चाहन्छु । तपाई कुनै पनि देश अध्ययनकालागिजानचाहदै हुनुहुन्छ भने त्यस देशको शैक्षिकअवस्थाको बारेमाअनिवार्य जान्नुपर्छ ।

नेपालकाअहिले धेरै जसो विद्यार्थीहरु अध्ययनभन्दापनि पैसा कमाउनतिर ध्यानदिने गरेका छन् । जसले गर्दा कलेजमा राम्रोसंग उपस्थितनहुने र अध्ययनपनिविग्रने, पैसा पनिकमाउननसक्ने अवस्थाआउन सक्छ । यसतर्फ सचेत भई आफ्नो अध्ययन पुरा गर्ने उद्देश्यले अघि बढ्दा निकै फाईदा हुन्छ ।

वैदेशिकशिक्षामाजानचाहने विद्यार्थी सर्वप्रथमआफैँ पनि सक्षम र अब्बल हुनुपर्छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाएपछि जहाँपनिअवसर पाइन्छ ।

वैदेशिकशिक्षामाजाने विद्यार्थीलाई सही र तथ्य सूचनालिन मेरो सुझाव छ । यसकालागियही अगष्ट ३० तारिख (भदौं १४ गतेकादिन भरतपुर गार्डेन रिसोर्टमाहुनगइरहेको एक दिने शैक्षिक मेलामा सहभागीभईदिनहुनपनिविद्यार्थी तथा अभिभावकहरुमा अनुरोध गर्दछु ।

Promise Education Consultancy