चितवनमा तीव्र गतिका कारण सबैभन्दा धेरै दुर्घटना, एकै महिनामा २२ दुर्घटना परि २१ जनाको मुत्यु

चितवन, ११ भदौँ । जिल्लामा तीब्र गति र चालकको लापरवाहिका कारण सवारी दुर्घटना वढि हुनेगरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा भएका सवारी दुर्घटना मध्ये सबै भन्दा वढि तीब्र गतिका कारण भएका छन् ।
जिल्लामा साउन महिनामा मात्रै २२ वटा सवारी दुर्घटना भएकोमा १२ वटा सवारी दुर्घटना तिब्र गतिका कारण भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालकको लापरवाहिका कारण ६ वटा, मादक पदार्थ सेवन गरेर २ वटा, यात्रुको गल्ती र यान्त्रीक कारण एक÷एक वटा दुर्घटना भएका छन् । दुर्घटनाका कारण २३ वटा सवारी साधनमा क्षेती पुगेको कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा वढि मात्रामा मोटरसाईकलहरु पर्ने गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार जिल्लामा भएका दुर्घटनामा ३३ वटा सवारी साधनमा क्षेती पुगेको छ ।
जस मध्ये १२ वटा मोटरसाइृकल मात्रै रहेका छन्र । यस्तै १० वटा ट्रक टेंकर, ४ वटा बस, ३ जिपकार, ट्याक्टर ,टेम्पो एक ÷एक र शारिरिक शक्तिबाट चल्ने २ वटा सवारी साधन दुर्घटनामा परेको गौतमले जानकारी दिनु भयो ।

साउन महिनामा भएका दुर्घटनाबाट २१ जनाको मृत्यु भएको थियो भने ८७ जना घाईते भएका थिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा भएका सवारी दुर्घटना मध्ये सबैभन्दा धेरै सवारी चालकको लापरवाहिका कारण भएको थियो । सो समयमा भएका २ सय ७१ सवारी दुर्घटना मध्ये १८० वटा दुर्घटना सवारी चालकको लापरवाहिका कारण भएको थियो ।

यस्तै तीब्र गतिका कारण ४२ वटा, मादक पदार्थ सेवन गरेर २४ वटा, यात्रुका कारण १० वटा, सडकका कारण ५ वटा, यान्त्रिकका कारण ४ वटा, ओभर टेकका कारण ३ वटा र ओभर लोडका कारण ३ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ । सबैभन्दा वढि दुर्घटना १२ वजे देखि ४ वजेको समयमा भएका थिए । ती दुर्घटनामा परि १ सय ३२ जनाले ज्यान गुमाएका थिए भने ५ सय २९ जना घाईते भएका थिए । सो समयमा ४ सय ९ वटा सवारी साधनमा क्षती पुगेको कार्यालयले जनाएको छ ।

जिल्लामा हुने गरेका दुर्घटनाको हुनुको कारण पहिचान गर्दै कार्यालयले २३ गते देखि अभियानकै रुपमा बिभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने तयारी गरेको छ ।
प्रमुख गौतमका अनुसार २३ गते देखि सार्वजनिक सवारी साधनको अवस्था बारे जानकारी लिन बिज्ञ सहितको टोलिले सवारी साधनको अनुगमन गर्ने, चालकको स्वास्थ्य परिक्षण गर्ने, जनचेतना मुलक कार्यक्रमहरुलाई तिव्र गतिमा अगाडि वढाउने, सवारीको गति मापन कार्यलाई तिब्र वनाउने लगाएतका कामहरु गर्न लागिएको छ ।

सवारी दुर्घटनाका कारणहरु सहित यसलाई रोक्नका लागि कार्यलयाले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गरेको भए पनि सो कार्य प्रभावकारी वन्न नसक्दा दुर्घटना न्यूनिकरण गर्न नसकिएको हो ।

Promise Education Consultancy