स्वर्ण लक्ष्मीद्धारा हरेक बर्ष मानव सेवालाई ५१ रुपैयाँ बढी सहयोग प्रदान गर्ने घोषण

चितवन, १० भदौँ ।  स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुले २१ हजार ४ सय १५ रुपैया मानव सेवा आश्रम भरतपुरलाई सहयोग गरेको छ । संस्थाको १० औं स्थापना दिवसको अवसरमा आश्रममा संरक्षीत असाहायहरुलाई भोजन ग्रहण गराउने कार्यक्रमा सो रकम सहयोग गरिएको हो ।

साथै संस्थाको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष मानव सेवा आश्रम भरतपुरलार्ई ५१ हजार १ सय १ रुपैया सहयोग प्रदान गरिने आयोजक संस्थाले प्रतिवद्धता जनाउँदै जानकारी दिएको छ ।

स्वर्ण लक्ष्मी बचथ तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका सस्थापक अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । सेवा नै धर्म हो, धर्मले मानीसलाई मानिसको सम्मान गर्न सिकाउने भन्दै सहयोगी सहकारी प्रति आश्रमका संस्थापक अध्यक्ष अधिकारीले आभार प्रकट गर्नु भयो ।

एक साता सम्म संचालन हुने कार्यक्रममा भदौ ११ गते चौविस कोठी बाट पुरानो पर्साबजार सम्म सरसफाई गर्ने, १२ गते टाँडी र १३ गते लायन्स चोक देखि नाराणगढ बजार सम्म सरसफाई गरि कार्यक्रमको समापन गरिने स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका मार्केटिङ म्यानेजर निर्मल थापा मगरले जानकारी दिनु भयो ।

Promise Education Consultancy