गैँडाकोट नगरपालिकामा किशोरीहरुलाई आत्म रक्षाका लागि तालिम

कमला भुषाल
गैँडाकोट, ९ भदौ । किशोरीहरुलाई आत्म रक्षाका लागि गैँडाकोट नगरपालिकामा तालिम सुरु भएको छ । विद्यालय स्तरका किशोरीहरुलाई भैपरि आउन सक्ने जोखिम तथा विभिन्न समस्याबाट जोगाउन, अभियानका रुपमा पहिलो चरणमा १ दिने तालिम नगरको बेल्डियामा, शनिबार सम्पन्न गरिएको हो । तालिममा दैनिक जिवनमा किशोरीहरुलाई परिवार, समाज , विद्यालय तथा विभिन्न स्थानमा आउन सक्ने समस्या समाधान गर्ने तालिम प्रभावकारी हुने विश्वास गरिएको छ । तालिमका क्रममा सैद्धान्तिक ज्ञानका साथै जाखिमका बेला कसरी सामना गर्ने भन्ने बारे प्रयोगात्मक ज्ञान समेत प्रदान गरिएको थियो ।

मुलुकमा बालिका तथा किशोरीहरु बलात्कार तथा यौनजन्य हिंसाको सिकार भैरहेका बेला यस्तो तालिम, यस क्षेत्रमा प्रभावकारी हुने तालिमका मुख्य प्रशिक्षक जागृती बाल तथा युवा सरोकारका महासचिव दिपक शर्माले बताए।

जागृती आमा समुह, गैँडाकाट १३ को आयोजना तथा गैँडाकोट नगरपालिका वडा नं १३ वडा कार्यालयको सहयोगमा तालिम संचालन गरिएकोे हो । सो अन्र्तगत पहिलो चरणमा नगरको बेल्डियामा शनिबार तालिम सम्पन्न भयो । वडामा आगामी दिनमा समेत चरणबद्ध रुपमा वडाका किशोरीहरुलाई तालिम दिईने गैँडाकोट नगरपालिका वडा नं १३ का वडा सदस्य छविकला पाण्डेले बताईन् । सो क्रममा किशोरी आत्मरक्षा तालिम प्रशिक्षक प्रिया राना, सपना पौडेल, रेजिना घर्ति मगर, शुष्मा पोख्रेलले प्रशिक्षण दिएका थिए ।

शनिबार सम्पन्न तालिममा वडा भित्रका ४० किशोरीहरुले प्रशिक्षण लिएका थिए । तालिममा वडा सदस्य तुलाराम पौडेलले वडालाई बालमैत्री र बातावरण मैत्री वडा बनाउन आफुहरु कम्मर कसेर लागेको बताएका छन् ।

Promise Education Consultancy