रौतहटको लालबकैया नदीमा ५० यात्रु बाेकेकाे डुंगा डुब्याे , ५ जनाको उद्दार

रौतहट भाद्र ०९। रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा लालबकैया नदीमा डुंगा डुबेको छ । ५० जनाजति चढेको डुंगा डुबेको प्रहरीले बताएको छ । डुंगामा रहेकामध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।

घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नेपाल भारत सीमा नजिकै पर्छ ।

Promise Education Consultancy