सामाजिक न्याय र समानतासहिको समृद्ध नेपाल : मन्त्री अधिकारी

काठमाडौँ, ०९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको बाटोमा सरकार अघि बढिरहेको बताएका छन् ।
देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठान नेपालले शनिबार काठमाडौमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले सामाजिक न्याय र समानता विनाको समृद्ध नेपाल अपुरो हुने धारणा पनि राखे । मन्त्री अधिकारीले समाजमा सामाजिक न्याय र समानता भएमात्र सुखी नेपाली समृद्धि नेपालको नारा साकार हुने अधिकारीको भनाइ छ । अधिाकारीले आजको नयाँ अवस्थाको आर्थिक विकासको समृद्धिलाई हेर्ने हो भने नयाँ प्रविधीलाई पनि आत्मसाथ गर्नुपर्ने बताए ।
मन्त्री अधिकारीले राजनीतिक आन्दोलन शिखरमा पुगेका बेला सांस्कृतिक आन्दोलन भने अघि बढ्न नसकेको जिकिर गरेका छन् । सांस्कृतिक आन्दोलनलाई अघि बढाउन नसकिएमा राजनीतिक आन्दोलनको उपलब्धी दिगो हुन नसक्ने अधिकारीको भनाइ थियो । कार्यक्रममा देवकोटा–लु सुन प्रज्ञा पुरस्कार सम्मान अग्रज साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो ।