महिला हिंसा अन्त्यको माग गर्दै सिठ्ठी र्याली

चितवन, ०९ भदौ । महिला हिंसा अन्त्यको माग गर्दैै शनिबार पनि चितवनमा ¥याली निकालिएको छ । बलात्कारीलाई हदै सम्मको कारबाहीको माग गर्दै देशभर प्रदर्शन भइरहेका छन् ।
¥यालीमा सहभागीहरुले निधारमा, मुखमा तथा आँखामा कालो पट्टी बाँधेर सिठ्ठी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय महिला हिंसाका घटना बढेको भन्दै शुक्रबार पनि चितवनमा प्रदर्शन गरिएको थियो । ¥यालीमा सहभागीले म हिंसा गर्दिन, म हिंसा सहन्न, बलात्कारीलाई सजाय न्यायको रजाई, अबको गन्तव्य यौन हिंसाको अन्त्य, असल पुरुषले बलात्कार गर्दैन लगायतका पम्लेट प्रदर्शन गरेका थिए ।
महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्थाको संयुक्त आयोजनामा नारायणगढको पुलचोकदेखि चौविसकोठीसम्म ¥याली गरिएको हो । कार्यक्रममा सामाजिक अभियान्ता मिना खरेल, संगीता भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Promise Education Consultancy