पूर्व मन्त्री सावित्री वोगटी पाठकको घरको गेट भत्काउन राजनिति, बाटो दिनुपर्ने वडा अध्यक्षको भनाई

 

प्रकाश सिग्देल

चितवन, ९ भदौँ । भरतपुर महानगर १२ बाईपास सडकसंग जोडिएको चेतना मार्गमा पुर्व मन्त्री सावित्री वोगटी पाठकको घर छ ।
२०५८ सालमा घर निमार्ण भएपछि पाठकले आफनै लालपुर्जाको ५ मिटर जग्गा छोडी आफुलाई र अरुका लागि बाटोको रुपमा प्रयोग गर्न दिईन् ।
त्यो बेला सामाजिक न्याएका रुपमा छिमेकीलाई प्रयोग गर्न दिएको आफनो निजि जमिनको बाटो नै अहिले मन्त्री वोगटीमाथि राजनीति गर्न बिपक्षीलाई सजिलो साधन बनेको छ ।
त्यही बाटो अहिले विस्तारका लागि वडा न १२ ले काम थालेको छ । जुन बाटोलाई विस्तार गर्ने क्रममा यतिबेला रेखाङकनमा विवाद भएको छ ।
वडा अध्यक्ष नरेन्द्र कन्दवा र बाटो निमाण समितिका अध्यक्ष पदमराज रेग्मीले निजि जग्गाको बाटोलाईनै सार्वजनिक बाटो मानी त्यही बाटोको बिचबाट रेखाङकन गरी ८ मिटरको बाटो निमार्ण गर्दा कम्पाउण्ड बालभित्र एक मिटरसम्म पर्ने भन्दै मुलगेटसहितको कम्पाउण्ड बाल भत्काउने प्रयास गरेपछि विवाद सृजना भएको पाठक श्रीमान् दिलबहादुर बोगटी बताउनुहुन्छ ।

त्यसरी नाप्दा वोगटीको ६ मिटर निजि जमिन बाटोमा जाने र अर्को तर्फको २ मिटर मात्रै जमिन बाटोमा पर्ने बोगटी बताउन हुन्छ ।

अर्को तर्फ खाली जमिन रहेको र आफनो ६ मिटर पुरै जमिन बाटोमा परिसक्दा पनि राजनितिक प्रतिसोधका आधारमा घरको गेट नै भत्काउने सड्यन्त्रमा बाटो निमार्ण समितिका अध्यक्ष रेग्मी लागेको दिल बहादुर बोगटीले बताउनुभयो ।
बाटोमा जमिन लिदा दुवै पक्षको बराबर जमिन लिनु पर्नेमा आफनो ६ मिटर र अर्को तिरको २ मिटर मात्रै जमिन लिएर आफुहरुमाथी ठुलो राजनिति गरेको उहाको भनाइृ छ ।

विवाद भएपछि महानगर न्यायिक समितिमा निवेदन समेत दर्ता गराएको र महानगरको सर्वेक्षक विकास देवकोटा र अर्वान प्लानर अस्मिता खनालले फिल्ड निरिक्षण गरी नापी गर्दा हाल भईरहेको पुरै बाटो आफुहरुको कित्तामा नै पर्ने ठहर गरेको उहाको भनाई छ ।
महानगरले पनि त्यही व्यहोराको पत्र नै बोगटी परिवारलाई दिएको छ । ् निमार्ण समितिले अर्को तर्फ नाला नै निमार्ण गरिसकेका छन् ।
बाटो निजि नै भएपनि ५८ सालमा पिच गरेको बाटो भएको र पिचलाई सेन्टर मानेर जाने भन्ने कुरामा बोगटी परिवारको सहमती भएको हुनाले आफुहरुले त्यही अनुसार बाटो निमार्ण थालेको वडा अध्यक्ष नरेन्द्र कन्दवाले बताउनुभयो । बाटो छाड्नुको विकल्प नभएको भन्दै कन्दवाले बोगटी परिवारले बाटो जसरी पनि दिनु पर्ने बताउनु भयो ।

Promise Education Consultancy