रेडियो संकेतले गैडाकोटमा तीज गीत प्रतियोगिता गर्ने

नवलपुर, ९ भदौँ । यही भाद्र २३ गते नवलपुरको गैंडाकोटमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।
रेडियो संकेत ९३ मेगाहर्जको आयोजनामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुकासाथै उक्त कार्यक्रममा चितवन, नवलपुर र तनहुँ आसपासका विभिन्न समूहहरु बीचमा प्रतिस्पर्धा हुने छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारी आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीहरुले समाजको यथार्थ चित्रण बोकेको तर कसैलाई पनि ब्यत्तिगत आक्षेप नलाग्ने खालका शब्दहरु सहितको गीत गाउनुपर्ने रेडियोले जनाएको छ ।
नेपालीहरूको कला र संस्कृति जगेर्ना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको रेडियो संकेतका स्टेशन म्यानेजर माधव सापकोटाले जानकारी दिए ।
उक्त कार्यक्रममा सहभागी भई प्रथम, दृतिय, तृतिय, सान्तोना हुनेले क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र समेत प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा सहभागिता हुन चाहनेहरूले यही भादै २० गतेसम्म आफ्नो समूह दर्ता गराउनुपर्ने रेडियोका अध्यक्ष षडानन्द लामिछानेले बताए।