पूर्वअर्थमन्त्री पाण्डेले धर्मधाममा मनाए जन्मदिन (भिडियो)

चितवन, ९ भदौ  । पूर्व अर्थमन्त्री एवंम् चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले आफ्नो जन्म दिन श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा मनाएका छन् ।
धर्मधाममा पुजा आरती गर्नुका साथै सामुहिक भोजन गरेर पाण्डेले शनिवार परेको आफ्नो ५८ औं जन्मोत्सव मनाएका हुन् ।

सो अवसरमा महन्थ एवंम् गुरुजीहरुले उनलाई आर्शिवाद दिनुका साथै सम्झनाको चिनो प्रदान गर्दै दोसल्ला ओढाई दिएका थिए ।
विं.सं २०१७ सालमा जन्मिएका पाण्डेले पुजा आरतीका साथै धर्मधामको अवलोकन समेत गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पाण्डे संविधान सभाको दोश्रो निर्वाचनमा पनि चितवन क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।
धर्मधाममा पुजा आरतीपछि भक्तजनहरुलाई सम्वोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले धर्मधामले चितवनको धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उल्लेख गरे ।


धर्मधाममा जारी वितक कार्यक्रमको २४ औं दिनमा आयोजित कार्यक्रमको प्रमुख अतिथी समेत रहेका पाण्डेले धर्मधाममा कृष्ण चरित्रको झाँकी निर्माणका लागि सरकारबाट सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए ।
सोही अवसरमा पूर्व अर्थमन्त्री पाण्डेले धर्मधाममा निर्माण गरिएको सभाहलको उद्घाटन पनि गरेका थिए । यसअघि पर्यटनमन्त्री रविन्द्र अधिकारीले पनि सो मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद वरालको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजराम रेग्मी,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवाली, रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।
धर्मधाममा साउन १७ गतेदेखी वितक कार्यक्रम संचालन भईरहेको छ । धर्मधाम निर्माणका लागि भने करिव ७ करोड लगानी भएको छ ।
निकै कलात्मक शैलीमा निर्माण गरिएको धर्मधाम पछिल्लो समय धार्मिक पर्यटनस्थलको रुपमा विकास समेत भईरहेको छ । यहाँ दैनिक तीन सय भक्तजन तथा पर्यटकहरु आउने गरेको समितिका अध्यक्ष श्याम प्रसाद वरालले वताए ।

Promise Education Consultancy