अबुर्द रोग निवारण २१ औँ साधारणसभा सकियो, क्यान्सर उपचार सहज बनाउन महानगर सक्रिय : मेयर रेनु

चितवन, ९ भदौँ । नेपाल अबुर्द रोग निवारण संस्था चितवन शाखा २१ आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले एक समारोहका विच सभाको उद्धघाटन गरिएको थियो ।
रोटरी सामुदायिक भवन गणेस्थान भरतपुर ११ मा सम्पन्न सभामा बोल्दै मेयर रेनु दाहालले क्यान्सर अस्पतालको क्षमता विस्तार गरी प्रतिष्ठान बनाउन आफ लागि परेको बताएकी छिन् ।


“सबै प्रकारका क्यान्सरका बिरामीहरूलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न महानगर समेत क्रियाशिल छ, उनले भनिन् भयावह बनिरहेको क्यान्सरको रोकथाम, निदान र नियन्त्रण गर्न सबै सक्रिय हुनु आवश्यक छ ।”
सो अवसरमा बोल्दै उनले क्यान्सरका सबै प्रकारका बिरामीहरूलाई सर्वसुलभ उपचारको व्यवस्था मिलाउन नगरपरिषदबाट निर्णयसमेत गरी अगाडि बढिरहेको जानकारी दिईन् ।


यस्तै अबुर्द रोग निवारण संस्था चितवनले क्यान्सर सम्बन्धी सचेतना, क्यान्सर परीक्षण र उपचारको साथै बिरामी कुरूवा घरसमेत संचालन गरेकोमा सस्थाको प्रशंसासमेत मेयर रेनुले दिएकी थिईन् ।
सो अवसरमा बोल्दै चितवनका प्रजिअ जितेन्द्र बस्नेतले क्यान्सर अस्पताललमा विचौलियालाई पूर्ण प्रतिबन्ध गर्दै सबै जनताले सहज रुपमा उपचार पाउने प्रक्रिया थप सहज बनाउन चितवन प्रशासनले नयाँ रणनिति तयारी गरेकने बताए ।
संस्थाका अध्यक्ष दिनेश चुकेले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका गरेको कार्यक्रममा कोषाध्यक्ष ऋतु गिरीले बार्षिक आय व्यय विवरण प्रस्तुत गरेकी थिईन ।


रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मन्तव्य दिएका थिए ।
सो अवसरमा क्यान्सर पीडित कल्पना प्रधानलाई उपचारमा सहयोग पु¥याउन नगद २० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । अबुर्द रोग निवारण सस्थालाई आर्थिक सहयोग गर्ने चन्दादाता बाबुराम अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।

Promise Education Consultancy