२४ औँ स्थापनाको अवसरमा चितवनमा बराह ज्वलेरी ईन्डष्ट्रिजले बृहत रक्तदान कार्यक्रम गर्ने

चितवन, ९ भदौ । बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लि.ले  बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । २४ औँ स्थापना दिस एंव १३ औँ शाखाको रुपमा नारायणगढ हंकङ बजारमा रहेको नारायणी ज्वेलरी इन्डष्ट्रिज प्रा.लि.ले दोश्रो बर्ष सफलताका साथ पुरा गरेको अवसरमा “रक्तदान जिवन दान” भन्ने नारा सहित चितवनका विभिन्न ३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको शाख प्रमुख एवं निर्देशक शरण विश्वकर्माले जानकारी दिए ।
रक्तदान कार्यक्रम दुई दिन सम्म चल्ने जनाएको छ । भदौ ११ गते भरतपुर महानगरपालिका १४ शिवनगर बजार तथा १२ गते रत्ननगरपालिका र भरतपुर, महानगरपालिका १ शहिदचोक विहान ७ बजे देखि संचालन हुने बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लिले जनाएको छ ।
यस अघि पनि बराह ज्वलेरी ईन्डष्ट्रिज प्रालिलेविभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

Promise Education Consultancy