निर्मलालाई न्याय माग्दै काठमाडौंमा ‘जनताको भेला’ !

 

काठमाडौं, भदौ ९ । कञ्चनुपरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । आज बालिकाको बलात्कार तथा हत्याको विरोध गर्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

ठूलो संख्यामा उपस्थिति प्रदर्शनकारीले बालिका बलात्कार तथा हत्यामा जोसुकै संलग्न भए पनि कडाभन्दा कडा कारबाही गर्न जोडदार रूपमा माग गरेका छन् । काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत हुनेछ ।

प्रदर्शनमा सहभागी सर्वसधारणले ‘निर्मलालाई न्याय देऊ’ भन्दै नारा लगाएका छन् । ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा ठूलो संख्यामा स्वतःस्फुर्त सर्वसाधारण सडमा उत्रिएका छन् ।