निर्मला हत्या प्रकरण : दुई जना पक्राउ

काठमाडौं,९ साउन । बलात्कारपछि हत्या भएकी १३ बर्षिय निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

निर्मलाकी साथी रोशनी बम र उनकी दिदी अनितालाई पक्राउ गरिएको हो । हत्या हुनु अघिल्लो दिन निर्मला रोशनीकहाँ नोटबुक लिन साइकल चढेर गएकी थिइन्।

भीमदत्त नगरपालिका २ की पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो। आरोपीका रुपमा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ।
कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रदर्शनमा शुक्रबार प्रहरीको गोली लागेर किशोर सन्नी खुनाको मृत्यु भएको थियो

Promise Education Consultancy