१८औँ एसियाडमा चन्चलाले पदक जितिन्

इन्डोनेसिया, ९ साउन । १८औँ एसियाड अन्तर्गत करातेको महिला एकल कातामा नेपालकी चन्चला दनुवार पदक जित्न असफल भएकी छिन्।

इन्डोनेसियामा भईरेहको पहिलो खेल हारेपनि रिपजेमा उत्तर कवरियाको खेलाडीलाई हराउँदै कास्य पदकको नजिक पुगेकी चन्चला निर्णायक खेलमा थाइ खेलाडी मोनसिका तारारात्तनाकुलसँग पराजित भइन्।

पहिलो खेलमा मकाउकी सोइ लाम सोउसँग ५(० ले पराजित भएकी चन्चलाले रिपेज कन्टेस्टमा उत्तर कोरियाली खेलाडीलाई ३(२ ले पराजित गरेकी थिइन्।

चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा नेपालका लागि एक मात्र कास्य जिताएकी विमला तामाङले करातेकै एकल कातामा पदक जितेकी थिइन्।