स्वर्णलक्ष्मी बचतको १० औ बार्षिकोत्सवमा एकै पटक ४ सय ८६ जनाले रक्तदान गरे (फाटोफिचर)

आशिक रानामगर
चितवन, ८ भदौँ । स्वर्णलक्ष्मी बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १०औ बार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा एकैदिन चितवनमा ४ सय ८६ जनाले रक्तदान गरेका छन् ।


स्वर्णलक्ष्मीको बार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्र्तगत आज दोस्रो दिन आफ्नो विभिन्न शाखाहरु गरिएको बृहत रक्तदान कार्यक्रम ४ सय ८६ जनाले रक्तदान गरेका हुन् ।
संस्थाको आफ्नै प्रधान कार्यालय परिसर लायन्सचोकमा ३ सय ३३ र पूर्वी चितवनको खैरहनीमा रहेको शाखा कार्यालयमा १ सय ५३ जनाले बार्षिकोत्सवको अवसरमा आज एकै पटक रक्तदान गरेका थिए ।
कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा प्रधान कार्यालय परिषर लायन्स्चोकमा जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको पहिलो रक्तदान नारायण प्रसाद वाग्ले र अन्तिममा निर्मल थापामगरले रक्तदान गरेको थिए ।


बढ्दो मात्रमा चितवनमा भएको रगत अभावलाई पूर्ती गर्न समाजिक उत्तरदायित्व अभियान अन्र्तगत आफुहरुले रक्तदान कार्यक्रम  आयोजना गरेको संस्थाका अध्यक्ष कृष्ण तमाङले बताए ।
विगतका दिनहरुमा पनि बार्षिकोत्सवको अवसरमा बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउदै यो पटक भने १० औ बृहत साप्ताहिक कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष कृष्ण तमाङले जानकारी दिए ।


रक्तदान कार्यक्रमको आयोजना गर्नाले चितवनका विभिन्न अस्पतालहरुमा देखिएको रगतको अभावहरुलाई केहि हद सम्म भएपनि सजिलै सहज होस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको उनले बताए ।


हिजो बिहिबारबाट साप्ताहिक रुपमा सुरु भएको कार्यक्रम आज रक्तदान कार्यक्रम भएको, भोली शनिबार पूर्वी चितवनको खैरहनीमा रहेको शाखा कार्यालयमा स्वास्थ्य शिविर हुने र पर्सी आईतबार भरतपुरको मानव सेवा आश्रममा भोजन ग्रहण गराउने लगायतका दैनिक कार्यक्रमहरु गर्दै १३ गते अन्तिम दिन नारायणगढ बजार सरसफाई कार्यक्रम गर्ने संस्थाका अध्यक्ष कृष्ण तमाङले जानकारी दिए ।

Promise Education Consultancy