चितवनमा वाइल्ड लाइफ फोटो खिच्न दिइयो तालिम (फाटोफिचर)

 

चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती अन्र्तगतको बाघ संरक्षण उपसमितिले ‘वाइल्ड लाइफ फोटोग्राफी’ तालिम दिएको छ । नेचर गाइड, संरक्षणकर्मी र पर्यटन व्यवसायी सहित १७ जना जना सहभागि थिए । ४ दिनसम्म चलेको तालिम ८ गते शुक्रबार समापन भएको बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामागंले जानकारी दिए ।

तालिममा वाइल्ड लाइफ फोटोग्राफरक ओम यादवले प्रक्षिण दिएका थिए । “निकुञ्ज भित्रका प्रकृतिका राम्रा विषय उजागर गर्न तालिमले सघाउने अपेक्षा गरेका छौँ”, उपसमितिका अध्यक्ष जीतबहादुर तामाङले भने, “संरक्षणका सवालमा जीवन्त फोटाहरुले सरोकारपक्षको ध्यानाकर्षण गराउनेछ ।”


प्रशिक्षार्थीलाई ४ दिननै स्थलगत रुपमा फोटो खिच्ने कलाबारे सिकाइएको थियो । फोटो खिच्ने कल, लाइट व्यवस्थापन, फोटो छनौटबारे सिकाइएको थियो ।


प्रशिक्षक ओम यादवले निकुञ्जमा संरक्षणकर्मी, नेचर गाइड लगायत सम्पुर्ण तालिममा सहभागीहरु यस तालिममा निकै उत्साह पुर्बक रुचिका साथ सहभागी पाइएकोले अगामी हिउँदमा यहि तालिममा सहभागीहरुलाई उनको संस्था फोटाे वाक नेपालले ४ दिने निशुल्क वाईल्ड लाईफ फाेटाे ग्राफी तालिम संचालन गर्ने बताए ।

तालिम समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढुङ्गाना, क्षेत्रीय होटल संघ सौराहाका राममणी खनाल लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy