भरतपुर विमानस्थलको आम्दानी २ करोड ३० लाख बढी 

सूर्यप्रसाद अधिकारी

चितवन, भदौ ८ । चितवनको भरतपुर विमानस्थलले अघिल्लो आर्थिक बर्षमा भन्दा गत वर्षमा बढी आम्दानी गर्न सफल भएको छ । पछिल्लो समय हवाइ उडानको सहज पहुंँचसंँगै यात्रुहरुको संख्या बढ्दा आम्दानी बढाउन सफल भएको हो । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७३/०७४ मा २ करोड ३० लाख २९ हजार ६२ रुपैंया आम्दानी गरेको विमानस्थलले गत बर्ष २ करोड ८८ लाख ९७ रुपैयांँ आम्दानी गर्न सफल भएको छ । विमानस्थलमा उडान संख्या बढेसंँगै आम्दानीको अनुपात पनि बढेको हो ।

विमानस्थलले विभिन्न शिर्षकमा शुल्क उठाउंँदै आएको छ । विमानस्थलले सबैभन्दा बढी यात्रु सेवा शुल्कबाट आम्दानी गर्दै आएकोे छ भने सबैभन्दा कम रात्रीकालीन विमान पार्किङ बाट आम्दानी गरेको छ । विमानास्थलका प्रमुख पवन कुमार गौतमका अनुसार आर्थिक बर्ष ०७३/०७४ मा यात्रु सेवा शुल्कबाट १ करोड ९६ लाख २८ हजार ४ सय ९४ रुपैयांँ आम्दानी गरेको थियो भने उक्त शिर्षकमा गतबर्ष २ करोड ४५ लाख ४० हजार ९सय ३२ रुपैंया आम्दानी गरेको छ । सबैभन्दा कम रात्री विमान पार्किङ्ग शुल्कबाट अघिल्लो बर्ष ११ हजार ४ सय ७५ आम्दानी गरेको थियो भने गत बर्ष २२ हजार ६ सय ८७ आम्दानी गरेको छ ।

पछिल्लो समय विमानास्थलमा यात्रुको संख्या संँगै उडान संख्या बढेको हुंँदा पनि अधिकांश शिर्षकको आम्दानी को अनुपात अघिल्लो बर्ष भन्दा गतबर्ष बढेको गौतमले जानकारी दिनुभयो । उहांँका अनुसार चितवनमा निर्वाचनका समयमा र मुग्लिङ नारायणगढ सडकका कारणपनि यात्रुहरुले हवाई मार्ग बढी प्रयोग गर्दै आएका थिए ।

यसका अतिरिक्त जिल्लामा भिआइपी आगमन तुलनात्मक रुपमा बढेको कारण पनि यसको प्रभाव विमानस्थलको आम्दानीमा परेको हो । कार्यालयले दिएको जानकारी अनुसार विमान अवतरण शुल्कबाट १८ लाख २ हजार ९सय २ रुपैंया आम्दानी गरेको थियो गतबर्ष उक्त शिर्षकबाट २२ लाख ८८ हजार १० रुपैयांँ आम्दानी गरेको छ ।

 

यस्तै विमान संचार शुल्कबाट अघिल्लो बर्ष ४ लाख ५० हजार ७ सय २५ रुपैयांँ आम्दानी गर्न सफल भएको थियोभने गत बर्ष ५ लाख ७२ हजार ३९ रुपैयाँ आम्दानी गरेको छ । यसैगरी विमानास्थलले सुरक्षा शुल्क शिर्षक अन्तर्गत अघिल्लो बर्ष १ लाख ८० हजार २ सय ९० रुपैयांँ आम्दानी गरेको थियो भने गतबर्ष २ लाख २८ हजार ८सय १ रुपैंया आम्दानी गरेको छ ।

यस्तै विमानास्थलले आफ्नो अन्य आन्तरीक श्रोत समेत परिचालन गरी अतिरिक्त आम्दानी गर्दै आएको छ । जसअनुसार विमानास्थलमा रहेको मुलद्धार एवं अन्य खाली जग्गामा होडिङ्ग बोर्ड लगायतका बिज्ञापन शुल्कबाट अघिल्लो बर्ष ६ लाख ४५ हजार ८सय ३० रुपैया आम्दानी गरेको थियो भने यस बर्ष ६ लाख ३३ हजार ६ सय ३० रुपैयांँ आम्दानी गरेको छ ।

एयरलाइन्सका काउन्टर , चमेना गृह बाट आएको भाडा बाट अघिल्लो बर्ष २ लाख ६९ हजार १सय ९४ रुपैया आम्दानी गरेको थियो भने गतबर्ष २ लाख ६४ हजार रुपैयांँ मात्र आम्दानी गरेको छ । यसैगरी अघिल्लो बर्ष सवारी पार्किङ शुल्कबाट ४० हजार १सय ४९ रुपैयांँ आम्दानी गरेको थियो भने गतबर्ष यसको आम्दानी ह्वात्तै बढेर २ लाख ४९ हजार ९ सय ९६ रुपैया आम्दानी गर्न सफल भएको छ । विज्ञापन तथा भाडाको दर निर्धारण गर्दा बर्षेपिच्छे टेण्डर आह्वान गर्नुपर्ने भएकोले यसबाट आउने आम्दानीमा उतारचढाव आउने गरेको गौतमको भनाई छ ।