चितवनमा अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल हुने

 

चितवन, ७ भदौं । बैदेशिक उच्च शिक्षामा जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरि चितवनमा ‘अल्फा बिटा एब्रोड स्टडी क्यारिएर फेयर फल २०१८’ गरिने भएको छ ।
भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेट अगाडि रहेको अल्फा बिटा चितवनले यही भदौं ११ गते सोमबार फेयर आयोजना गर्न लागेको हो ।
भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म संचालन हुने अल्फा बिटा चितवनका प्रवन्धक दिलिप कुमार शर्माले जानकारी दिए ।

फेयरमा अष्ट्रेलिया, युएसए, युके, क्यानडा, भारत र न्यूजील्याण्डलगायत देशका २० वटा भन्दा बढि कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुले त्यहाँको शिक्षाको बारेमा जानकारी दिने प्रवन्धक शर्माले जानकारी दिए ।
यस्तै फेयरमा स्पट एडमिसनका साथै डकुमेण्ट एसेसमेण्टका लागि बैंकका स्टलहरु समेत रहने अल्फा बिटा चितवनका सिनियर काउन्सीलर हिमाल काफ्लेले जानकारी दिए ।

चितवनमा पछिल्लो समय अष्ट्रेलियाको शिक्षाको बारेमा मात्रै फेयरहरु भईरहेको बेला ६ वटा देशका कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुको उपस्थितिमा फेयर हुने भएकाले विद्यार्थीहरुलाई आफूले चाहेको देशमा अध्ययन गर्न जान सक्ने अल्फा बिटाका प्रवन्धक शर्माले बताए । उनले वैदेशिक शिक्षामा जान चाहने विद्यार्थीहरुका लागि यो सुनौलो अवसर भएको बताए ।

Promise Education Consultancy