अबको तीन दिन ठूलो पानी पर्नसक्ने, सावधानी अपनाउन आग्रह

विराटनगर, भदौ ८ ।अहिले देशका केही स्थानमा पानी परिरहेको छ । देशभरीकै मनसुन सक्रिय भएका कारण आज केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन हिजो अस्तिको भन्दा धेरै पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ भने केही ठाउँमा झरीको संभावना छ ।

नदि नालाको छेउछाउका मानिसले सावधानी अपनाउन पूर्वानुमान महाशाखाको आग्रह छ ।