गजुरीका स्थानीयहरुको पानी समस्याबाट मुक्त

धादिङ, ८ भदौँ । लामो समयदेखी पिउने पानीको विकराल समस्या भोग्दै आएका गजुरीका स्थानीयहरु अब भने सो समस्याबाट मुक्त भएका छन् ।

भुकम्प पछी सबै मुलहरु सुकेका कारण खोला र खोल्साको धमिलो पानी प्रयोग गर्दै आई रहेको त्यहाँका स्थानीयहरुले अहिले शुद्ध पानी प्रयोग गर्न पाएका हुन् ।

गजुरी गाँउपालीका र गजुरी खानेपानी तथा सरसफई मुल उपभोक्ता समितीको करिव एक करोड पचास लाखको सहयोगमा पानी निर्मलीकरण गर्ने प्लान्ट स्थापना गरी खोलाको पानीलाई शुद्धिकरण गरेर गजुरीका स्थानीयहरुलाई वितरण सुरु गरेको हो ।

पानी वितरण सुरु भएसंगै गजुरीका स्थानीयहरु पिउने पानीको समस्याबाट मुक्त भएको भन्दै खुशी समेत भएका छन् ।

पानीको उचित ब्यवस्था नहुदा गजुरीका स्थानीयहरुले घण्टौ धाएर पिउने पानी लिर्ने खोलामा जानु पर्ने बाध्यतामा थिए ।

पहिले सार्वजनीक धारामा मात्र रहेको गजुरी बजारमा अब भने घरघरमा धारा समेत राखिएको छ ।

पानीको मुल नभएका कारण नयाँ प्रविधिबाट पनी शुद्धिकरण गरी गजुरीका स्थानीयहरुलाई पानीको आपुर्ति ब्यवस्था मिलाईएको गाँउपालीकाका प्रमुख राजेन्द्र बिक्म बस्नेतको भनाई छ ।

अहिले निर्माण गरीएको प्लान्टबाट वितरित पिउने पानीले आगामी विस वर्षसम्म पानीको समस्या समाधान गर्ने गाँउपालीकाले जाएको छ ।

गाउंपालीकामा पानीको आपुर्ति ब्यवस्था सहज बनाउनका लागी करिव पाँच लाख लिटर क्षमताको दुई ओटा ट्याङ्गीबाट दैनिक पानी वितरण गर्ने ब्यवस्था मिालईएको छ ।

सो खानेपानी आयोजनाबाट गजुरी गााउपालीका बजार क्षेत्रका करिव आठ सय घरधुरीस्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

Promise Education Consultancy