खोला तर्दै गरेको माइक्रो बाढीले बगायो

जाजरकोट, भदौ ८ । यहाँको छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड खोला तर्नेक्रममा बाढीले एक माइक्रो बगाएको छ । खोला तर्दातर्दै बाढीले माइक्रो बगाएको हो ।

बाडीले माइक्रो बगाएपछि यात्रुले हामफालेर ज्यान बचाएका छन् । बिहीबार अबेर जाजरकोटबाट नेपालगन्जतर्फ छुटेको माइक्रो बाढीले बगाएको थियो ।

माइक्रो सवार यात्रुले हाम फालेर ज्यान जोगाए पनि उनीहरूको सरसामान भने सबै बाढीले बगाएको छ । बाढीले बगाएर निकै तल पुगेको माइक्रो पछि डोजर लगाएर निकालिएको थियो

उक्त खोलामा पक्की पुल नहुँदा सवारी सधान खोलाबाटै जोखिम मोलेर तर्ने गर्छन् । पुल निर्माणाधीन भए पनि बाढीले पुल नै बगाएपछि समस्या बढेको हो ।

Promise Education Consultancy