देवघाटका किसानलाई आत्मनिर्भर बनाउन १७ वटा मौरी घार वितरण, हेरौँ ५ फाटो

आशिक रानामगर
देवघाट, ७ भदौँ । धार्मिक क्षेत्र देवघाट गाउँपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउन मौरीको घार वितरण गरिएको छ ।
मौरी पालनमा पकेट क्षेत्रका रुपमा विकसीत भएको देवाघाट क्षेत्रका किसानहरुलाई मौरी पालन तालिम नै दिएर मौरी घार वितरण गरिएको हो ।


देवघाट गाउँपालिकाले ३ दिने मौरी पालन तालिम नै आयोजना गरि व्यवसायिक रुपमा किसानहरुलाई आत्मनिर्भर बनाउन १७ वटा मौरी घार वितरण गरेको प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
देवघाट गाउँपालिकाको गाउँ प्रमुख दुर्गाबहादुर थापाले गाउँपालिका आएदेखि आमनागरिकलाई लक्षीत गरेर विभिन्न सिपमुलक तालिमहरु आयोजना गरिदै आएको र व्यवसायिक मौरी पालन तालिमले देशमा बेरोजगारी र बढदो विदेश पालन युवायुवातीहरुलाई रोजगार बनाई बेरोजगारी समस्यलाई केहिहदसम्म न्यूनीकरण गर्न सकिने बताए ।


साथै उनले कृषिमा निर्भर हुन प्रेरित गर्ने उद्देश्यको साथ सहभागी सम्पूर्ण कृषकहरुलाई मौरीको घार वितरण गरिएको स्पष्ट पारे ।


सो तालिममा सहभागी किसान ऋषिराम सुवेदीले गाउँपालिकाले प्रदान गरेको ३ दिने तालिमले व्यवसायिक मौरी पालनका लागि धेरै कुराहरू सिक्न र बुझ्न् मौका पाएको र अबको दिनहरुमा व्यवसायिक मौरी पालन सक्रिय बनि आत्मनिर्भर बन्ने प्रतिक्रिया दिए ।


यस्तै देवघाट गाउँपालिका उप प्रमुख विमला थापाले गाउँपालिकाको पहाडी भेगहरु बढी रहेको र व्यवसायिक मौरी पालन राम्रो हुने र बढी सम्भावना रहेको भन्दै आफुहरुले तालिम दिई आत्मनिर्भर बनाउन अभियान थालनि गरेको बताए ।  तालिममा खड्का आलेमगरले सबैलाई स्वागत गरेका थिए ।

Promise Education Consultancy