सावधान मिनिरल वटार खादै हुनुहुन्छ ? यि १० उद्योग जसले पानीमा खेलवाड गरेपछि चितवन प्रशासनले गर्यो शिल (भिडियो)

 

प्रकाश सिग्देल
चितवन, ७ भाद्र । चितवन जिल्लामा रहेको १० पानी उद्योगलाई जिल्ला प्रशासन कार्यालय चितवनले शिल गरेको छ । सरकारले २०७४ असोज २७ गते जारी गरेको पानी निर्देशिका अवहेलना गर्ने ति उद्योगहरुलाई बन्द गराएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।

उद्योगीलाई निर्देशिकाको बारेमा २०७४ पुस २६ गते अन्तरक्रिया गरि जानकारी दिएको र ६ महिना भित्र स्वचालित पलान्ट जडान गर्न समय दिदा पनि ब्यवसायीले पलान्ट सन्चालन गर्न आलटाल गरेपछि बन्द गरिएको उहाको भनाई छ ।

निर्देशिकामा बोतलमा पानि बिक्री गर्ने उद्योगले अनिवार्य स्वचालित पलान्ट जडान गर्नु पर्ने अर्थात पानि प्रसोधन देखि सिल प्याक सम्म मेसिन आफैले गर्नु पर्ने उल्लेख भएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिण तिवारीले बताउनु भयो ।

चितवन जिल्लामा १७ उद्योग दर्तामा रहेको र त्यो मध्य तिन बटा उद्योगले अटोमेटिक पलान्ट जडान गरेको बाहेक सबै हातैले भर्ने गरेकाले ति सबै मापदण्ड विपरीत रहेको तिवारी बताउनुहुन्छ ।

ओम जल उद्योग खैहनी ३, ब्रदरर्स फुड एण्ड बेभरेज प्राली रत्ननगर ३ द्धारा उत्पादन माउण्टेन ड्रप्स, अक्वा शक्ति रत्ननगर ४, ईच्छाकामना उद्योग भरतपुर ८ को अक्सी फ्रेस, अप्सरा वाटर ईन्डष्ट्रिज भरतपुर १० को अक्वा गोरखा, चितवन वाटर ईन्डिष्ट्रिजको अक्वा डाईट प्लस, लिप्टन सफट ड्रिङ्गको रोयल फिसर, युनाईटेड मिनरल वाटर भरतपुर ५ को हेल्दी लाईफ, प्रधान मिनल वाटरको ताज, डिएसएन मिनरल वाटरको पियोर डप्समा शिल गरिएको थियो ।
त्यस्तै गरि जिवनज्योति मिनरल वाटरको हाईलेण्ड ड्रप्स, अगम बेभरेजको अगम पानी र आईसल्याण्ड ड्रप्सको आईसल्याड पानि ले यस अघिनै अटोमेटिक पलान्ट जडान गरिसकेको तिवारी बताउनु हुन्छ ।
त्यस्तै सुप्रिम मिनरल वाटर र शोभा शुद्ध पानीको हकमा यो नियम लागु नहुने उहाको भनाई छ । उनीहले जारमा मात्रै बिक्री गर्दै आएका छन् ।
अटोमेटिक पलान्ट नहुदा पानीमा मानिसको हातबाट दुषित संक्रमण फैलन सक्ने भएकाले त्यसलाई रोक्न सरकारले यस्तो निर्देशिका जारी गरेको तिवारी बताउनुहुन्छ । सरकारले नया निर्देशिका जारी गरेको र भाद्रदेखि नयाँ कानुन आएकाले उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने माथी कडा कारबार्ही हुने तिवारी बताउनुहुन्छ ।

Promise Education Consultancy