विदेशमा उपचार भइरहेका नेपाली श्रमिकलाई स्वदेश ल्याइने

काठमाडौँ, ०७ भदौ । सरकारले वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले विभिन्न देशमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याई विभिन्न अस्पतालमा उपचार गर्नका लागी कार्यदल गठन गरेको र कार्यदलको सिफारिस पनि प्राप्त भएको जानकारी दिए । यो संवेदनशील विषय भएको र सरकार यस विषयमा अत्यन्त गम्भीर रहेको बिष्टको भनाइ छ ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् । त्यस्तै विभिन्न देशको जेलमा रहेका नेपालीहरुलाई सहायता प्रदान गर्नका लागि सरकार जिम्मेवार र चिन्तित रहेको भन्दै बिष्टले अब कुनै पनि नेपाली नागरिक कानुनी प्रक्रियाको अभावमा निर्दोष हुँदा–हुँदै पनि विदेशमा जेलमा बस्न नपर्ने बताए । मन्त्री बिष्टले वैदेशिक रोजगारीमा जादा सीप प्रदान गर्ने संरचना निर्माण गर्ने कार्ययोजना बनिरहेको भन्दै अनिवार्य सीप लिएरमात्र वैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था गर्न लागिएको बताए ।
वैदेशिक रोजगार प्रवद्र्धधन बोर्डको नाम परिवर्तन गर्दे ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने र बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत गर्ने बिष्टको भनाइ छ ।
बाईट… गोकर्ण बिष्ट, मन्त्री, श्रम रोजगार तथा समाजिक सुरक्षा
बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृति र विसंगतिका साथै यस क्षेत्रमा देखिएका समस्याका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । वैदेशिक रोजगारको अनुगमनमा सरकारको ध्यान नगएको उनीहरुको भनाई छ ।
त्यस्तै समिति सदस्यहरुले बैदेशिक रोजगारीमा गएका युवाहरुको मुद्धाको विवरण उपलव्ध गराउन पनि आग्रह गरेका थिए । समितिको अर्को बैठक भाद्र १२ गते बोलाईएको छ । बैठकमा बिभिन्न बिद्ययेकमाथि छलफल हुने बताईएको छ ।

Promise Education Consultancy