विपदबाट तीन वर्षमा ९१ जनाको मृत्यु

हेटौँडा, भदौ ७ । प्राकृतिक विपदका कारण मकवानपुरमा पछिल्लो तीन वर्षमा ९१ जनाको मृत्यु भएको छ। बाढिपहिरो, भूकम्प र चट्याङका कारण ९१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकमा छ।

प्रशासनका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ६१ जनाको मृत्यु भएको छ। त्यस्तै, आर्थिक वर्ष ०७३/७४ मा सात जना र ०७४/७५ मा विपद्को कारण २३ जनाको मृत्यु भएको छ।

२०७२ गएको भूकम्पका कारण सबैभन्दा बढी ६१ जनाको मृत्यु भएको हो।  विपद्का कारण मृत्यु हुनेको परिवार र घाइतेका लागी जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गर्दै आएको छ।

पछिल्लो तीन वर्षको अवधिमा कार्यालयले ३१ करोड १३ लाख ८२ हजार ८००रुपैयाँ रकम प्रदान गरेको प्रशासनका लेखा अधिकृत अर्जुन ढकालले जानकारी दिए।

Promise Education Consultancy