नेपाली फुटबलको कमाण्ड बालगोपालको हातमा

काठमाडौं, भदौ ७ ।  राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले महर्जनलाई बुधबार कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो।

जापानी प्रशिक्षक ग्योतुको कोजीको श्रमस्वीकृति म्याद सकिएका कारण नेपाल नआउने भएपछि टिमको प्रशिक्षणको जिम्मा बालगोपाललाई दिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

महर्जनले आगमी सेप्टेम्बर ४ मा शुरु हुने साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन्।

बालगोपालले कोजी मुख्य प्रशिक्षक हुँदा सहायक प्रशिक्षक भएर काम गरेका थिए। एसियाली खेलकुदका लागि इण्डोनेसिया गएका कोजी उतैबाट घर फर्किएका छन्।