इच्छाकामनामा ट्रिपरले बाइक लाई ठक्कर दियो, एक घाइते

चितवन, ७ भदौ । इच्छाकामनामा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्त्रगत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बिहान करिब ६ः १५ बजे कुरिनटारबाट चुम्लिङटार तिर आउदै गरेको बा ७२ प ८७५० नम्बरको मोटरसाइकललाई काठमाडौ बाट मुग्लिङ तिर जाँदै गरेको ना७ख ९४६७ नम्बरको ट्रिपरले तिब्रगतीमा चालकले नियन्त्रण गुमाइ ठक्कर दिदा स्थानिय कुरिनटारका शक्ति नेपाल घाइते भएका हुन् । प्रत्यक्ष दर्शीका अनुसार लगभग १०० मिटर पर बाट चिप्लदै आएको ट्रीपरले मोटरसाइकल र चालक लाइ घिसारेको थियो। घाइतेको स्थानीय पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ ।  ट्रिपर चालक भने चालक फरार भएका छन् ।

Promise Education Consultancy