धादिङको कुसुन्डेमा ठाँउ ठाँउमा जमीन भासीन थालेसंगै स्थानीयहरु त्रसीत

धादिङ, ६ भदौँ । धादिङको नीलकण्ठ नगरपालीका –६ कुसुन्डेमा हिजोदेखी ठाँउ ठाँउमा जमीन भासीन थालेसंगै त्यहाँका स्थानीयहरु त्रसीत भएका छन् ।
अविरल वार्षा पछी कुसुन्डेका बस्ति ओर पर चार पाँच ठाँउमा जमीन ठुला ठुला खल्टा पर्दै भासीएको छ ।
यसरी जता–ततै जमीन भासीए पछी त्यहाँका स्थानीयहरुले नगरपालीकासंग के कारणले जमीन भासीन सुरु गरेको हो भन्ने कुरा पत्ता लगाउनका लागी विज्ञको टोली पठाई दिन माग गरेका छन् ।
बस्ति ओर पर र केही मानिसहरुको घर भित्र पनी पहिले पहिले भासीएकोमा अहिले भने एकै दिन धेरै ठाँउमा भासीएका कारण मानिसहरु थप त्रासित भएका हुन् ।
जमीन भासीएको स्थानहरुमा पानी बगेको जस्तो आवाज सुनिने त्यहाँका स्थानीयहरुको भनाई छ । जमीन भासीएका कारण गाँउ समेत जोखिममा परेको छ । बीस्तीका ठाँउ ठाँउमा जमीन समेत चिरिएको छ । जमीन चिए र जमीन भासीएका कारण केही स्थानीयहरुले भने बस्ने स्थान समेत सार्न थालेका स्थानीएकाहरुको भनाई छ ।
जमीन भारीएको ठाँउ बस्ति ओरपर नै भएकोले पनी रहेकोले बस्नका लागी खतरा भएको भन्दै सर्न थालेको उनिहरुले बताएका छन् । जमीन भासीएको खाल्टोबाट हेर्दा ठुलो दुलो परेको र ठाँउ ठाँउमा भासीदै बस्तिीको मुनी भासीएको छ ।

यसै गरीसुनौला बजार धादिङबेसी सडकखण्ड समेत जमीन भासीएका कारण अवरोध भएको छ । पछिल्लो समय भने सडक नै भासीदै जना थालेको छ ।

Promise Education Consultancy