यौनजन्य हिंसा विरुद्ध साझा अभियान सुरु

चितवन, ०६ भदौ । महिला तथा बालबालिका माथि पछिल्लो समय बलात्कार एवम् यौनजन्य हिंसाका घटनाहरु बढेको भन्दै त्यसको प्रतिकारका लागि चितवनका अधिकारकर्मीहरु एक भएका छन् ।
महिला तथा बालिका माथि अमानवीय तवरको यौनजन्य हिंसाहरु भएको भन्दै त्यसलाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ नामक सञ्जाल निर्माण गरि दबाबमूलक कार्यक्रमहरु सार्वजनिक गरिएको छ । बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियानकी सह–संयोजक संगीता भट्टराईले पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दै गएकाले त्यसका लागि संयुक्त रुपमा दबावमूलक काम गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको बताइन् पछिल्लो एक महिनामा मात्रै जिल्लामा ११ वटा बलात्कारका घटना भएको भट्टराईले बताइन्
अभियानकी संयोजक मिना खरेलले पछिल्लो समय चितवनमा ४ वर्षको बालिकादेखि ८२ वर्षीया बृद्धासम्म बलात्कारमा परेका भएपनि सचेत वर्गबाट नै घटनाहरु लुकाउने गरिएको बताइन् । लागु पदार्थको सेवन, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा पान लगायतका कारणले बलात्कार हुने गरेको खरेलको भनाइ छ ।
पत्रकार सम्मेलनमा दवाव मुलक कार्यक्रमको बारेमा जानकारी दिदै सहसंयोक संगीता भट्टराईले भदौ ८ गते ¥याली सहित भरतपुर महानगरपालिकामा ज्ञापन बुझाउने र सोही ¥याली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र पठाउने कार्यक्रम रहेको बताइन् । त्यस्तै, भदौ ९ गते विद्यार्थीहरुसँग ¥याली, कक्षा सातदेखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै गएर सामाजिक पढाउने शिक्षकको साथमा यौनजन्य हिंसाको बारेमा जानकारी गराउने, चितवनका सभासदहरुसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

Promise Education Consultancy