नारायणगढ–मुग्लिङ सडक खण्डकमा ट्रक बस ठोकिदाँ बस चालको १ को ज्यान गयो, २५ जना घाइते

चितवन, ६ भदौं । चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका २९ खयरखोलामा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । भने २५ जना घाइते भएका छन् ।
नारायणगढबाट गोरखा जाँदै गरेको ना ४ ख ७५१३ नम्बरको यात्रुवाहक बस र मुग्लिङबाट नारायणगढ आउदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मुत्यु र २५ जना घाईते भएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा परि गोरखा आरुपोखरी निवासी ४० बर्षिय काजिराम योगी बस चालकको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
जस मध्ये ६ जनाको भरपुर अस्पतालमा र १९ जनाको कलेज अफ मेडिकलमा उपचार भैरहेका चितवन प्रहरीले जनाएको छ ।

Promise Education Consultancy