गृहमन्त्री बादलसँग जापानी राजदुतको शिष्टाचार भेट

काठमाडौँ, ६ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदुतसँग आग्रह गर्नुभयो ।
उहाँले नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्तगर्नुभयो ।
राजदुत साइगोले आफु गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताउनुभयो ।
उहाँले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

राजदुत साइगोले आफुलाई कृषी क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषी क्षेत्रको विकसका लागि समेत पहल गर्ने बताउनुभयो ।
नेपालमा बिभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत उहाँले गृहमन्त्री थाासँग आग्रह गर्नुभयो।
जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदुतले बताउनुभयो । गृहमन्त्री थापाले राजदुत साईगोलाई कार्यकाल सफलताको लागि शुभकामना समेत दिनुभयो ।

Promise Education Consultancy