मुख्यमन्त्री डोरमणिको दैनिक कार्यतालिका तय

हेटौँडा, भदौ ६ ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको दैनिक कार्यतालिका सार्वजनिक गरिएको छ। मुख्यमन्त्रीको सचिवालयले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:३० सम्म पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ। बिहान ११:३० देखि १:३० बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरूको नीतिगत तथा आन्तरिक कार्यक्रम गरिने सचिवालयले जनाएको छ। त्यसैगरी, आइतबार, सोमबार, बुधबार र बिहीबार दिउँसो १:३० देखि २:४५ बजेसम्म विभिन्न माग लिएर आउने व्यक्ति, संस्था र निकायका प्रतिनिधिसंग भेटघाट तथा छलफल गर्ने, मंगलबार र शुक्रबार विभिन्न विषयका विज्ञ समूहसँग छलफल गरिने जनाइएको छ।

सोमबार, मंगलबार र बुधबार दिउँसो ३ बजेदेखि ४:३० बजेसम्म प्रदेशसभा सदस्यहरूसँग, बिहीबार विदेशी निकायका प्रतिनिधिसँग, आइतबार स्थानीय तहका प्रतिनिधि र शुक्रबार सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने  भेटघाट गर्ने कार्यतालिका रहेको छ।

अपरान्ह ५:३० देखि ७ बजेसम्म राजनीतिक व्यक्ति तथा पदाधिकारीसँग भेटघाटको कार्यतालिका तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। दैनिक काम र भेटघाटलाई व्यवस्थित गर्न दैनिक कार्यतालिका सार्वजनिक गरिएको मुख्यमन्त्रीका नीजि सचिव बद्रीबहादुर पाठकले जानकारी दिए।

Promise Education Consultancy