खैरहनी नगर भित्र पर्ने राजमार्ग आसपास सफाई

चितवन, ६ भदौ । चितवनको खैरहनी नगरपालिका क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्गको दायाँवायाँ सरसफाई गर्ने काम सुरु गरिएको छ । सुरुवातमा वजार क्षेत्रबाट काम भएको छ ।
व्यवस्थित वजार वनाउने योजना अनुसार सडकको दायाँवायाँ सरसफाई सुरु गरिएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए । उद्योग वाणिज्य संघ खैरहनीको सहकार्यमा नगरपालिकाले यो काम सुरु गरेको हो ।
खैरहनीका मेयर चौधरीका अनुसार सडक दायाँवायाँ रहेका झार निकाल्ने र आवश्यक पर्ने ठाउँमा ग्रावेल हालेर सतह मिलाउने काम हुनेछ । झारका कारण वजार फोहोर देखिएपछि नगरपालिकाले उद्योग वाणिज्य संघ खैरहनीसंग सहकार्य गरेर सरसफाई काम सुरु गरिएको मेयर चौधरीले वताए ।
विषेशत बर्षाको समयमा पानी जम्ने समस्या कारण यहाँको वजार फोहोर देखिने गरेको छ । सडक दायाँवायाँ निर्माण गरिएको ढलमा पानी जम्ने समस्या देखिएकाले ढल सरसफाई समेत गरिएको उद्योग वाणिज्य संघ खैरहनीका सदस्य अर्जुन लम्सालले वताए ।
सडक दायाँवायाँ र ढल सरसफाई गरेपछि यहाँ पानी जम्ने समस्या नरहने सदस्य लम्सालले वताए । खैरहनी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्वपश्चिम राजमार्गको दायाँवायाँ दुवैतिर सरसफाई गर्ने जनाएको छ ।
पुर्व तर्फ खुरेखुरे र पश्चिम तर्फ तरकारी चोक सम्म सडकका दुर्व तर्फ सरसफाई गरिने मेयर चौधरीले वताए ।