बटुक दलको जानकी मा.वि.का विद्यार्थीलाई राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम (फाटोफिचर)

चितवन, ६ भदौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौलीका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम दिलाउन सुरु गरिएको छ ।
राष्ट्रिय सेवादलद्धारा चितवन जिल्ला मेघौली स्थित जानकी मा.वि.मा शिक्षार्थी संख्या १८ जना छात्र र १८ जना छात्रा गरि ३६ जनालाई समावेश गरी संचालन भएको सि.सं.१४ सिनियर डिभिजन सुरु गरिएको हो ।

“अनुशासन नै राष्ट्र सेवाको जग हो” भन्ने आदर्श बाक्य बोकेको राष्ट्रिय सेवा दलद्धारा देशका विभिन्न स्थानमा विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल तालिम तालिम दिलाउदै आएको छ ।

सोही अभियान अन्र्तगत चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणको पहलमा मेघौलीकोे जानकी उच्च माविका विद्यार्थीहरुलाई सो तालिम दिलाउन सुरु गरेको हो ।
बटुक दल गणका गणपति प्रमुख सेनानी समुन्द्र थापाले यही भाद्र ६ गते विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम प्रवचन गर्नु भएको छ ।

आफ्नो प्रवचनको क्रममा प्रमुख सेनानी थापाले राष्ट्रिय सेवा दलको यस तालिम मार्पmत अनुशासित, बफादार, नेतृत्व दिनसक्ने देशभक्त स्वयम्सेवक युवा जनशक्ति निर्माण गर्दै नेपाल जस्तो प्राकृतिक बिपदको उच्च जोखिममा रहेको राष्ट्रलाई आईपर्ने विभिन्न परिस्थितीहरुको सामना गर्न सक्ने सक्षम नागरिक उत्पादन गरी राष्ट्र विकासमा योगदान दिने अवधारणा अनुरुप यस तालिम संचालन गर्न लागिएको जानकारी दिए ।

 

यस तालिममा शारीरिक तथा मानसिक रुपमा सक्षम बन्ने तरिका, ब्यक्तित्व विकास, नेतृत्व क्षमता विकासको साथै केही साहसिक ईभेन्टहरु समेत सिकाईनेछ ।
तालिममा उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थीहरुले युथ एक्सचेन्ज प्रोग्रामको लागी विदेशमा समेत भ्रमण गर्ने अवसर पाउनेछन् । बिद्यार्थीहरुलाई अनुशासित बनाउंदै उनिहरुको व्यक्तित्व विकासमा यस तालिम महत्वपूर्ण सावित हुने अपेक्षा सम्पुर्ण शिक्षक तथा अभिभावकको रहेको छ ।
साथै राष्ट्रिय सेवादलद्धारा संचालित १ सय दिनको उक्त तालिमलाई दुई खण्डमा विभाजन गरी संस्थागत तालिम ७९ दिन स्थानबिशेषमा र वार्षिक सामुहिक क्याम्प २१ दिन नवलपरासी जिल्ला, हात्तीखोरमा संचालन गरिने छ ।


वि.स. २०२२ साल कार्तिक ७ गते स्थापना भएको राष्ट्रिय सेवा दलले गत आ.व.मा मात्र देशभर २६ हजार ८ सय ३८ जना विद्यार्थी क्याडेट छात्रछात्राहरुलाई सफलतापुर्वक तालिम दिलाएको समेत उहाँले जानकारी दिनुभएको थियो ।
कुल तालिम अवधि १ सय दिनको रहने छ जसमा स्थान विशेषमा ७९ दिन र बार्षिक सामुहिक क्याम्प हुदै आएको छ ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मेघौली उपभोक्ता समितीका अध्यक्ष, जानकी मा.वि.का प्राधानाध्यापक, शिक्षक, पत्रकार तथा शिक्षार्थीहरु विशेष सहभाी थियो ।

Promise Education Consultancy