चिवतवनमा आज पनि सुनचादीँ पसल ठप्प, विरोध र्यालीको तयारी

चितवन, ५ भदौँ । सरकारले सुनचादीँ व्यवसायमा सिण्डीकेट गरेको भन्दै चितवनका सुनचाँदी व्यापारी आन्दोलनको कार्यक्रम आज पनि जारी राखेका छन् । आन्दोलनमा कार्यक्रम अन्र्तगत हिजो भदौँ ५ र ६ गते गरि दुई दिन व्यवसाय बन्द गरेरै चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।
जसका चितवनको नारायणगढ भरतपुर, रत्ननगर टाडीँ, खैरहनी पर्सा, माडी बसन्तपुर, गीतानगर बजारहरु रहेका सुनचादीँ पसलहरु वन्द छन् । जसका आम उपभोक्ताहरु मारमा परेका छन् । आज
राज्यले सुन व्यवसायमा लगाएको सिन्डिकेटको अन्त्यको माग गर्दै भोली बुधबार चितवनभरका छरिएर रहेका पूर्वी चितवनको टाँडी, पर्सा, पश्चिम चितवनका रामपुर, दक्षिण चितवन माडी लगायत सबै सुन व्यवसायी, सुन सम्बन्धित कालिगढहरुलाई एकै स्थानमा गोलबन्द गराई विरोध ¥यालीको तयारी पुरा भएको संघका महासचिव त्रिलोक भि.केले बताए ।
यसअघि हिजो सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवलाई समेत नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले ज्ञापन पत्र बुझाएको थियो । संघका अध्यक्ष जीवनज्योति सदाशंकरले प्रजिअ बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए ।
नेपाल राष्ट्र बैंकले विगत २०६८÷०६९ देखि सिन्डिकेट (कोटा) प्रणाली लागू गरे संगै नेपालको सुनचाँदी वृत्तमा सुन अभाव भएको संघका अध्यक्ष जीवनज्योति सदाशंकरले बताए । यस्तै हिजो नै
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र बुझाएका थिए । सो भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सुनचाँदी व्यवसायीहरुका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताएकी थिईन् ।
चितवनका व्यवसायीहरुले चाडवाडको नजिकिदै गर्दा सुनचादीँ गरगहनाको माग बढ्दा समेत सरकारले आफै सिण्डीकेट लादेको आरोप लगाउदै दुई दिन व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिएको युवा व्यवसायी रुविन रामुदामुले जानकारी गराए ।
“नेपाल सुनचादीँ व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती विश्वकर्माले भने, सरकार आफै सिण्डीकेट गर्छ, माग अनुसार आपूर्ती नहुदाँ उपभोक्ता समेत मारमा छन् । आखिर किन सूनचादीँमा सिण्डीकेट ? उनको प्रश्न थियो ।”
आन्दोलनको कार्यक्रम अन्र्तगत दुई दिन जिल्ला भरिका पसल वन्दसगैँ स्थानिय निकाय, वाणिज्य मन्त्रालय, जिल्ला प्रशासनमा आपूर्ती सहजताको लागि माग प्रस्तुत गर्ने, र ६ गते नेपाल राष्ट्र बैले सुनमा लगाएको सिण्डीकेट खारेज गर भन्ने ब्यानरमा विरोध र्याली समेत आयोजना गर्ने कार्यक्रम छ ।
चितवनमा ५ सय बढी व्यवसायीहरु छन् । आफ्नो माग सम्बोधन नभएसम्म चरणवद्ध रुपमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गर्दै जाने चेतावनी समेत उनीहरुको छ ।