कुमरोज वनमा दराई बोटे महिलाका लागि आर्यआर्जन गर्न ताल (फाटोफिचर)

 

चितवन, ६  भदौँ । नेपालकै तस्रो पर्यटकिय गन्त्वय सौराहाको सगै जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले पिछडीएका दराई बोटे जातिको परम्परागत पेशालाई संरक्षण गर्ने अभियान थालेको छ ।


अभियान अन्तरगत दराई बोटे ताल निमार्ण गरि दराई बोटे महिला सामुहिक माछापालन  व्यवसाय सञ्चालन गर्न लागेको हो ।
तालककै विचमा पर्यटक विश्राम स्थल, कफिसप, निमार्ण गर्न लागिएको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरा बहादुर गुरुगले बताउनु भयो ।


उहाँका अनुसार दराई बोटे जातिका महिलाले यस तालमा सामुहिक माछापालन व्यवसाय शुरु गर्न सक्नेछ । दराई बोटे महिला सामुहिक माछापालन समुह नै बनाएर निमार्ण कार्यक्रमहरु अघि बढाएका छौ, यो तालको निमार्णसगै उनीहरुको घरपरिवार चलाउनकै लागि जोखिम मोलेर जगंल जाने क्रम पनि रोकिने छ । उनीहरुको परम्परागत पेशाको संरक्षण पनि हुनेछ ।


आपनो समुहको लागि सामुदायिक वनले ताल नै निमार्ण गरेपछि दराई बोटे जातिका महिला पनि खुशी भएका छन् ।
उनीहरुले तालमा नै निमार्ण भइरहेको विश्राम स्थलको छानोको लागि खरहरु काटेर र घाममा सुकाए ।ताल निमार्णका लागि खने, अहिले तालमा उम्रेका अनावश्यक झारहरु, फोहर को सरसफाईमा पनि उनीहरु जुटेका छन् ।


महिलाहरु यहि तालमा माछा पालन गर्न सोही विश्राम स्थलबाट पर्यट कहरुले किन्न र खान पाउने, व्यवस्था समेत मिलाउन लागिएको अध्यक्ष गुरुगले प्रष्टाउनु भयो । कुमरोज मध्यवर्ती सामुदायिक वन ६ सय ९७ हेक्टर क्षेत्रफल ओगटेको छ ।
यस वनलाई सात खण्डमा विभाजन गरिएको छ । जस अन्तरगत ताल पनि एक खण्ड रहेको छ ।


नेपालकै पहिलो विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्टीय निकुन्ज अन्तरगत बुढि राप्ती वन समितीमा अन्तरगत रहेको यो वन क्षेत्र पर्यटन प्रवद्धनको सम्भावनको क्षेत्र हो ।