इच्छाकामनामा भदौ २६ वाट महोत्सव आयोजना हुने

चितवन ५ भदौं । चितवनको इच्छाकामना गाउपालिकाको वडा नं ४ कुरिनटारमा यही भदौ २६ गतेवाट प्रथम इच्छाकामना महोत्सव आयोजना हुने भएको छ ।

उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफ.एमको आयोजना एवम् इच्छाकामना गाउपालिकाको संरक्षकत्वकमा महोत्सव हुन लागेको हो । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पहिलो पटक गर्न लागिएको महोत्सवका कारण समग्र इच्छाकामनावासी निकै उत्साही भएको जानकारी दिइएको थियो ।

असोज ६ गतेसम्म संचालन हुने महोत्सवले इच्छाकामनाको कृषि,पर्यटन,शिक्षा,व्यवसाय आदिको प्रवद्र्धन गर्ने उदेश्य लिइएको इचछाकामना गाउपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

इच्छाकामना माइको मन्दिर,लामो झरना,जलविरे झरना,उपरदाङगढी,सिराइचुली,चेपाङ होमस्टे,र्याफ्टिङ,क्यानोनिन, लगायतका स्थानको पर्यटकीय प्रवद्र्धन हुने कार्यक्रमको समेत आयोजना गरिएको कार्यक्रम संयोजक कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हामी सवै चाहना,सम्वृद्ध इच्छाकामना भन्ने नाराका साथ शुरु गर्न लागिएको महोत्सवमा १ लाख दर्शकलले अवलोकन गर्ने र १ करोड वढीको आर्थिक कारोवार हुने सहसंयोजक एवम् इच्छाकामना एफ.एमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिनुभयो ।

मनकामना र अन्य धामिर्क पर्यटकीय स्थलहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा गोष्ठी समेत आयोजना हुने सो अवसरमा जानकारी दिइएको थियो ।

उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पहिलो पटक आयोजना हुन लागेको महोत्सवले समग्र इच्छाकामनाको पर्यटनकीय र व्यवसायीक दुवै प्रवद्र्धनमा निकै ठूलो भूमिका खेल्ने वताउनुभयो । पत्रकार सम्मेलनमा चितवन,धादिङ र गोर्खका पत्रकारहरु सहभागि भएका थिए ।