सिप्रदीद्धारा नारायणगढमा युरो ४ वारेमा मेकानिक्स प्रशिक्षण

चितवन, ३ भदौँ । चितवनको नारायणगढमा अटो मेकानिक्सहरुका लागि युरो ४ मापदण्डका सवारी साधनहरुको मर्मत तथा रेखदेख सम्बन्धी एक दिवसीय तालिम कार्यक्रम सम्पन्न भएको छ ।

सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक सर्भिस सेन्टर दुर्गा एण्ड सन्स अटोमोबाइल्स प्रालिमा कार्यरत अटो मेकानिक्सहरुका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

सो तालिम सिप्रदीका तालिम प्रशिक्षक सजिब गेलालले संयोजन गरेका थिए ।

सो अवसरमा दुर्गा एण्ड सन्स तथा सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईको पनि उपस्थिति थियो ।

चितवन तथा नवलपरासी क्षेत्रमा टाटा गाडीका ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने उदेश्यका साथ हाल नेपालमा भित्रिएका युरो ४ मापदण्डको बारेमा मेकानिक्सहरुलाई यो तालिम को माध्यमबाट प्रशिक्षित गरिएको भट्टराईले बताए ।