भरतपुरमा जैविक प्याड निर्माण गरिने

चितवन, ५ भदौँ । प्राकृतिक रुपमा हुने महिनावारीलाई मर्यादित बनाउन कार्य गरिरहेको भरतपुर ७ मा रहेको राधा पौडेल फाउण्डेशनले जैविक प्याड निर्माण गर्ने भएको छ ।
फाउण्डेशनको कार्यालयमा भएको अन्तरक्रियामा संस्थापक राधा पौडेलले नेपालका सबै जिल्लामा महिनावारी हुँदा कुप्रथा अपनाउने गरिएको र महिला हिंसा हुनुमा महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु आजको नमस्ते बिहानी साप्ताहिक पत्रिकामा खबर छ ।
महिनावारीको समयमा महिलाले सुरक्षित प्याड समेत लगाउन नसक्ने हुँदा नेपाल मै जैविक प्याड निर्माण गर्न गरिएको जानकारी दिँदै पौडेलले यसमा महिलाहरुको नै सहभागिता हुने बताइन् । फाउण्डेशनले उत्पादन गर्ने जैविक प्याड सल्लाको पातबाट बन्ने तथा त्यसको लागि ३० लाख रुपैयाँ खर्च लाग्ने पौडेलको भनाइ छ ।
जुम्ला जिल्लाको विषय वस्तु समेटिएको खलंगामा हमला पुस्तक प्रकाशन गरि २०७० सालमा मदन पुरस्कार समेत प्राप्त गर्न सफल पौडेलले देशको ६१ जिल्लाको भ्रमण गरि ती जिल्लामा भएको महिनावारी सम्बन्धी कुप्रथा बारेमा मर्यादित महिनावारी सम्बन्धी पुस्तक समेत प्रकाशन गरेकी छिन् । तीन वटा विषयमा स्नातकोत्तर गरेकी पौडेलले स्वयम्सेवी रुपमा विगत १० वर्षदेखि निरन्तर कार्य गर्दै आएकी छिन् ।
चितवनमा न्यायको लागि सक्रिय महिला मंच मार्फत महिला हिंसा सम्बन्धी घटना संकलन, पिडितको पक्षमा वकालत, महिला आयोगसँग समन्वय गर्नुको साथै मध्यवर्तीका महिलाको पीडा र बाबुको पहिचान नभएका वालबालिकालाई नागरिकता दिलाउने कार्यमा संर्घषरत कार्य गरेको अन्तरक्रियमा जानकारी दिइएको थियो ।

Promise Education Consultancy