टेस्ला एयर कन्डिसनरको व्यावसायिक भेट (फाटोफिचर)

चितवन, ५ भदौँ । नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको टेस्ला एयर कन्डिसनरले पर्यटकीय नगरी सौराहामा व्यावसायिक भेटघाट गरेको छ ।
गर्मी तथा जाडो मौसमसँगै पूर्ण रुपमा वातावरणमैत्री एयर कन्डिसनको रुपमा २०७१ सालमा भू–लक्ष्मी ग्रुप प्रालिले टेस्ला एयर कन्डिनरलाई चितवन सहित देशैभरमा बिक्री वितरण हुँदै आएको आजको नमस्ते बिहानी साप्ताहिक अर्थ संसारमा खबर छ ।

    

नेपालमा नै पहिलो पटक भारत र चीनमा उत्पादित, जापानीज कम्प्रेसर, भिटामीन सी फिल्टर र एअर प्युरिफायर सिस्टम भएको टेस्ला एअर कन्डिसनलाई भू–लक्ष्मी ग्रुपले नेपालमा भित्र्याएको दुई वर्षमा नै अलग पहिचान बनाउँदै ग्राहकमाझ लोकप्रिय हुन सफल भएको ग्रुपका अध्यक्ष किरण आचार्यले बताए ।

टेसला एयर कन्डिसनरले मध्य नेपालको चितवनमा मुख्य कार्यालय तथा कर्पोरेट काठमाडौंमा कर्पोरेट कार्यालयका साथै देशभरका १८ वटा वितरकहरु मार्फत सेवा प्रदान गदै आएको छ ।
ग्राहकहरुको साथ र हौसलाकै कारण आफूहरुले निकट भविष्यमै चितवनको रामपुरमा आफ्नै प्लान्टबाट टेस्लाको उत्पादन अगाडि बढाउने तयारीमा गरिरहेको आचार्यले बताए ।

सौराहामा आयोजना गरिएको व्यावसायिक भेटले भूलक्ष्मी ग्रुप र टेस्ला एयर कन्डिसनको व्यवसायिक सफलताका लागि महत्वपूर्ण योगदान दिने आचार्यको भनाइ छ । टेस्ला एअर कन्डिस्नरका प्रयोगकर्ताहरुको सुविधाका लागि टेस्ला एसी नामक मोबाइल एप्लिकेसन समेत सो अवसरमा लन्च गरिएको थियो ।
यसबाट टेस्ला उत्पादन प्रयोगकर्ताहरुले आवश्यक जानकारी लिने र समस्या देखिएमा मोबाइल एपबाटै जानकारी दिएर आवश्यक सेवा लिन सक्ने कम्पनी प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले जानकारी दिए ।

सो अवसरमा टेस्लाका ब्राण्ड एम्बेस्डार सुरजसिंह ठकुरीले छोटो समयमा नै आम जनताको मन जितेका कारण टेस्लाले भिन्न पहिचान बोकेको बताए ।

सोही अवसरमा चर्चित हास्य कलाकार जितु नेपाल, पाश्र्व गायक सुगम पोखरेल, मोडलहरु माल्भिका सुब्बा र रक्षा श्रेष्ठले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

Promise Education Consultancy