चितवनमा आज र भोली सुनचादीँ पसल वन्द, सुनचादीँको सिण्डीकेट अन्त्य गर्न माग

चितवन, ५ भदौँ । सरकारले सुनचादीँ व्यवसायमा सिण्डीकेट गरेको भन्दै चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा कार्यक्रम अन्र्तगत आज भदौँ ५ र ६ गते गरि दुई दिन व्यवसाय वन्द गरेरै चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि हिजो घोषण गर्दै ३ बुदेँ मागसहित आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । जसका चितवनको नारायणगढ भरतपुर, रत्ननगर टाडीँ, खैरहनी पर्सा, माडी बसन्तपुर, गीतानगर बजारहरु रहेका सुनचादीँ पसलहरु वन्द छन् । जसका आम उपभोक्ताहरु मारमा परेका छन् ।
चितवनका व्यवसायीहरुले चाडवाडको नजिकिदै गर्दा सुनचादीँ गरगहनाको माग बढ्दा समेत सरकारले आफै सिण्डीकेट लादेको आरोप लगाउदै दुई दिन व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिएको युवा व्यवसायी रुविन रामुदामुले जानकारी गराए ।
“नेपाल सुनचादीँ व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती विश्वकर्माले भने, सरकार आफै सिण्डीकेट गर्छ, माग अनुसार आपूर्ती नहुदाँ उपभोक्ता समेत मारमा छन् । आखिर किन सूनचादीँमा सिण्डीकेट ? उनको प्रश्न थियो ।”
आन्दोलनको कार्यक्रम अन्र्तगत दुई दिन जिल्ला भरिका पसल वन्दसगैँ स्थानिय निकाय, वाणिज्य मन्त्रालय, जिल्ला प्रशासनमा आपूर्ती सहजताको लागि माग प्रस्तुत गर्ने, र ६ गते नेपाल राष्ट्र बैले सुनमा लगाएको सिण्डीकेट खारेज गर भन्ने ब्यानरमा विरोध र्याली समेत आयोजना गर्ने कार्यक्रम छ ।
चितवनमा ५ सय बढी व्यवसायीहरु छन् । आफ्नो माग सम्बोधन नभएसम्म चरणवद्ध रुपमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गर्दै जाने चेतावनी समेत उनीहरुको छ ।

Promise Education Consultancy