काया ब्युटीले गरायो दोस्रो अन्तर्राष्ट्रिय सौन्दर्य कार्यशाला

चितवन, ०४ भदौ । नारायणगढको काया ब्युटी सैलुन एण्ड एकेडेमी प्रालिले दोस्रो अन्तर्राष्ट्रिय सौन्दर्य कार्यशालाको आयोजना गरेको छ । एक दिने कार्यशालामा चितवन, नवलपुर, धादिङ र मकवानपुरका सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा चितवनको नारायणगढमा सञ्चालन भइरहेको आदर्श गृहका बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी तथा कपाल डिजाइनर तन्दोल ज्याकोब निमहोडले कार्यशालामा सहजिकरण गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले सौन्दर्य पेशालाई मर्यादित पेशाको रुपमा लिनका लागि सबैसँग आग्रह गरेका थिए । कार्यशालाका क्रममा अधिकारकर्मीहरु मिना खरेल, संगीता भट्टराई, मञ्जु खाँणलगायतका अधिकारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सिटिइभीटी मध्य क्षेत्र प्रमुख शिवहरि ढकालले सिटीइभीटीबाट मान्यता प्राप्त संस्थाले सौन्दर्यकर्मीहरु उत्पादन गर्दै स्वरोगजार बनाएकोमा खुसी व्यक्त गरे ।
महिलाहरु व्यावासायिक रुपमा स्थापित हुँदै गर्दा विभिन्न तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने ढकालको भनाइ थियो । काया ब्युटी सैलुन एण्ड एकेडेमी प्रालिका सञ्चालन सिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रन कंडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

Promise Education Consultancy