चितवनका सुनचादीँ व्यवसायी दुई दिन पसल वन्द गरेर आन्दोलनमा उत्रिदै, सुनचादीँको सिण्डीकेटअन्त्य गर्न माग

चितवन, ४ भदौँ । सरकारले सुनचादीँ व्यवसायमा सिण्डीकेट गरेको भन्दै चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका छन् । दुई दिन व्यवसाय वन्द गर्ने घोषण गर्दै ३ बुदेँ मागसहित चितवनका सुनचाँदी व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।
जिल्ला सदरमुकाम भरतपुर पत्रकार सम्मेलन नै आयोजना गरि चितवनका व्यवसायीहरुले चाडवाडको नजिकिदै गर्दा सुनचादीँ गरगहनाको माग बढ्दा समेत सरकारले आफै सिण्डीकेट लादेको आरोप लगाउदै भोली ५ र ६ गते व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिएको जनाएका छन् ।
“नेपाल सुनचादीँ व्यवसायी संघ चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा संघ अध्यक्ष जीवनज्योती विश्वकर्माले भने, सरकार आफै सिण्डीकेट गर्छ, माग अनुसार आपूर्ती नहुदाँ उपभोक्ता समेत मारमा छन् । आखिर किन सूनचादीँमा सिण्डीकेट ? उनको प्रश्न थियो । ”
आन्दोलनको कार्यक्रम अन्र्तगत दुई दिन जिल्ला भरिका पसल वन्दसगैँ स्थानिय निकाय, वाणिज्य मन्त्रालय, जिल्ला प्रशासनमा आपूर्ती सहजताको लागि माग प्रस्तुत गर्ने, र ६ गते नेपाल राष्ट्र बैले सुनमा लगाएको सिण्डीकेट खारेज गर भन्ने ब्यानरमा विरोध र्याली समेत आयोजना गर्ने घोषण गरेका थिए ।
नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको व्यवसायीहरुले आरोप लगाउदै १०/१२ जनाको फाईदाका लागि किन सिण्डीकेट भन्दै प्रश्न गरेका थिए ।
चितवनमा सातामा २ केजी मात्रै सुन राष्ट्र बैंकले उपलब्ध गराए पनि यहाँ ५ केजीसम्म माग भएकोे अध्यक्ष विश्वकर्माले जानकारी दिए । जसको मारमा काठमाडौं उपत्यकाका बाहिरका सुनचाँदी व्यवसायीहरु छन् । राष्ट्र बैंकले दैनिक २० किलो सुन वितरण गर्दै आएकोमा काठमाडौंमा ६० प्रतिशत र यसबाहिर ४० प्रतिशत दिदै आएको छ ।


राजनिति गर्नेहरुले गलत गरे भन्दै व्यवसायीहरुलाई त्यहीँ नजरमा हेर्नु गलत हो– सुनचादीँ व्यवसायी संघका पूर्व मध्यमाञ्जल संयोजक ज्ञानेन्द्रमान शाक्यले भने सरकारले सबै तिर सिण्डीकेट अन्त्य गर्ने अनि आफै किन सुनचादीँमा सिण्डीकेट ? उनको प्रश्न थियो । हामी कर तिरै सुन किन्न खाजेका हौँ, कर तिर्छु अनि व्यवसाय गर्छु भन्दा किन धब्बा लगाउने काम हुन्छ उनको भनाई थियो ।
उनले अगाडी थपे हामी त राज्य नियम कानुन मानेर व्यवसाय गरिरहेका छौँ, तर हामीलाई नै मारमा पर्ने यो कस्तो सरकारी निति हो, कहिले हुन्छ सिण्डीकेटको अन्त्य, उपभोक्त समेत मारमा छन् । शाक्यले राष्ट्र बैंकको सिण्डिकेट नतोडिएसम्म यो समस्या जारी रहने बताए ।

“हप्तामा दुई केजी सुनको भरमा बजार चलाउदै आएका छौँ युवा व्यवसायी रुविन रामदामुले भने, दैनिक नै २/२ किलो आवश्यक छ, अनि कसरी व्यवसाय चल्छ, हामी चौपटमा छौँ ।” ग्राहकहरु आएर पैसा र्तिछु भन्दा सुनचादीँ पाएका छ्रैन् भन्दै व्यवसायबाटै पालयन हुने अवस्था सिर्जना भएको प्रतिक्रिया दिए । चितवनमा ५ सय बढी व्यवसायीहरु छन् । आफ्नो माग सम्बोधन नभएसम्म चरणवद्ध रुपमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गर्दै जाने पत्रकार सम्मेलनमा चेतावनी समेत दिईयो ।

सुन अभावका कारण चितवनका व्यवसायीको भेला


नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज सोमबार संघको सचिवालय दियालो रोडमा व्यवसायी बीच व्यापक अन्तरकृया गरेको थियो । सबै जसो भेलामा उपस्थीत व्यवसायीहरु सुनमा देखिएको अभावका कारणले व्यवसाय संचालन गर्न नसक्ने अवस्थाबाट गुज्रिएको र यसका लागि जिल्ला संघले सुनमा चरम रुपमा भइरहेको सिण्डीकेट अन्त्य गर्नका लागि बन्द तथा विरोधका कार्यक्रमहरु गर्दै सरकारको ध्यानकर्षण गर्नुपर्ने धारणा राखेका थिए ।

बन्दका विषयमा महासंघका नेतृत्वहरुको धारणा
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले भने “आन्दोलनको विकल्प खोज्नुपर्ने बताए” । उनले भने एउटा जिल्लाले बन्द गरेर केहि हुन नसक्ने बताए । सरकारसंग पटकपटक वार्ताको बाबजुद अहिले हामीले दैनिक २० केजीमा थप १० केजी वृद्धि गर्ने भन्ने सहमति छलफल भइराखेको छ ।

त्यसैकारणले यस्तो बन्द जस्तो कृयाकलापले पछि कस्तो असर पर्छ भन्ने विषयमा जिल्ला संघ स्वयम् जानकार र जिम्मेवार रहनुपर्दछ । त्यस्तै उनले भने जिल्ला संघले दुई दिन बन्द आह्वान गर्यो यो ठिकै छ तर यस्को निरन्तरता पछि के हुने भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको बताए ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाईलीले भने “यो बन्द गर्ने भन्ने विषयमा जिल्ला अलि छिटो आतिएको हो की ? बन्दले मात्र समस्या समाधान नहुने उनको धारणा रहेको छ । उनले भने सुनचाँदी व्यवसाय मात्र बन्द गरेर केहि असर नहुने भएकाले यस विषयमा गहन अध्ययन गरेर मात्र कदम चाल्नुपर्ने बताए । सुनको कोटा वृद्धि गर्ने भन्ने विषयमा सरकारसंग समन्वय भइरहेको समेत उनले जानकारी दिए ।

Promise Education Consultancy