चितवनमा सामुहिक बलात्कार गर्ने पक्राउ

चितवन,४ भदौं । सामुहिक बलात्कार गर्ने ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । गत श्रावण ३० गते भरतपुर ११ की १७ वर्षिय किशोरीलाई सामुहीक बलात्कार गर्ने ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी गैडाकोट ४ बस्ने २१ बर्षको युवराज सारुमगर, र वडा न.२ बस्ने १९ बर्षको सैन्थील धिमाल, चितवन भरतपुर ११ बस्ने २० बर्षको आकाश थापा र २९ बस्ने बर्ष ३५ को अर्जुन बि.क छन भने अर्का एक १७ बर्षिय किशोर रहेका छन् ।

उनिहरुले एक जनासंग समान्य चिनजान भएको आधारमा किशोरी लाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय चितवनले विज्ञप्ति जारी गरी जनाएको हो । दिउसो ३ वजे किशोरीलाई नारायणगढ पुल्चोक र्पुयाई दिने भनि सह चालक १७ विार्षिय किशोर र आकाश थापा चालक भएको म्याजिक गाडीमा राखी दिनभर साथै लिई रातको समयमा भरतपुर ११ स्थित डि.एस.एम.मिनरल वाटर कम्पनीमा पुर्याई सामुहिक रुपमा जवरजस्ती करणी गरेको थियो ।

यसैबिच माडी ३ की १५ वर्षिय बालिकालाई बलात्कार गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी ३ का २३ बष को राम प्रताम महतो र सोहि स्थानका २४ वर्षका नवराज महतो रहेको छन् । पक्राउ परेकाहरु माथि थप अन’सान्धान भईरहेको प्रहरीले जनाएको छ । दुबैजनालाई बलात्कार गर्नेहरु माथि थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy