‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर’ भदौं १२ गते चितवनमा हुदै

चितवन,४ भदौं । वैदेशिक उच्च शिक्षामा जाने विद्यार्थीहरुका लागि लक्षित गरि चितवनमा ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ गरिने भएको छ । विद्यार्थीहरुको चाहान मागलाई मध्यनजर गर्दै मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा आगामी भदौं १२ गते (२८ अगष्ट) ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ हुन लागेको हो ।
विहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म भरतपुर गार्डेन रिसोर्टमा फेयर हुने वैदेशीक उच्च शिक्षाका ख्याति प्राप्त मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । नेपालका मूख्य शहर काठमाडौँ ,पोखरा ,बुटवल र चितवनबाट सेवा दिदै आईरहेको छ । अनलाईन रजिष्ट्रेशन खुला गर्दै फेयरको तयारी तीव्र पारेको जानकारी दिदै उनले यो फेयरमा १५ सय बढी विद्यार्थीहरु सहभागीता जनाउने लक्ष्य राखेको बताए । अनलाईनबाट प्रि–रजिष्ट्रेशन गर्ने विद्यार्थीहरुलाई ब्रिटिश काउन्सीलको विशेष प्रतिनिधिबाट आईइएलटिएस परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्ने बारे विशेष प्रशिक्षण सहभाीता जनाउन नारायणगढस्थित कार्यालयमा सम्पर्क गर्नुपर्ने समेत बताए ।
ेट्स नारायणगढ प्रमुख पौडेलका अनुसार फेयरमा जेम्सकुक युनिभर्सि्टि, साउदनक्रस युनिभर्सि्टि, फेडेरेशन युनिभर्सि्टि, युनिभर्सि्टि अफ सनसाईन कोष्ट, कपलान विजनेश स्कूल, द होटेल स्कूल सिड्नीरमेलवर्न, क्वीन्सफोर्ड कलेज, भाईब कलेज, अष्ट्रेलियन टेक्निकल कलेज, रेन्जफर्ड कलेज, अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया, अष्ट्रेलेसियन इन्टरनेशलन एकेडेमी, सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट, सिड्नी मेट्रो कलेज, न्यू इरा इन्स्टिच्युटलगायत युनिभर्सि्टि तथा कलेजहरु उपस्थिति रहनेछ ।
फेयरको मूख्य विशेषतामा वन टु वन काउन्सेलिङ, इभ्यालुसन एण्ड प्रोसेसिङ गाईडेन्स, आईइएलटिएस रजिष्ट्रेशन एण्ड टेष्ट डेट अभाइलबविलिटी, एट्रयाक्सनरएन्गेजमेण्ट एण्ड इन्टरटेनमेण्ट रहेका छन् । यस्तै फेयरमा सहभागि हुने विद्यार्थीहरुका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको मेट्स एजुकेशनले जनाएको छ । फेयरमा प्रवेश निःशुल्क व्यवस्था गरिएको छ ।
फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन सक्ने प्रमुख पौडेलले बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्छन् यो फेयरको मुख्य उद्देश्य रहेको उनको स्पष्ट युक्ती रहेको छ ।
फेयरमा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्ति लगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भालि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने उनको भनाई छ । शहिदचोकमा रहेको मेट्स एजुकेशनले नेपाली विद्यार्थीहलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ । मेट्स एजुकेशनले यो अवसर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि अमृत सरह भएको बताएको छ ।
शैक्षिक कर्जा एवं बैंककिङ प्रोसेसको लागि नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक र सानिमा बैंक समेत फेयरमा सहभागी जनाउने उनले बताए । जसले गर्दा विद्यार्थीहरु र अभिभावकहरुलाई शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध गराउने छ । फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिने आयोजकको भनाई छ ।

Promise Education Consultancy