चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा मर्मत कार्य तिव्र, पकौडी देखी रिउ खोलाको पुलसम्म कालोपत्रे सर्भे सुरु

 

चितवन, ४ भदौँ । चितवन ग्रामिण भेग माडी नगरपालिका जाने सडक निर्माण कार्यक्र तीव्र पारिएको छ ।
भरतपुर सडक अन्तर्गतको चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा मर्मत कार्य तिव्र गतिमा भईरहेको छ । माडी नगरपालिकाको रोलर, ब्याक हु लोडर, ट्रयाकटर, ट्रिपर लगायतका साधनले सडक मर्मत गरिरहेका छ ।


तीव्र गतिमा काम भए अब चार दिनमा रिउ पुल देखी कसरा सम्मको नौ किलोमिटर सडक मर्मत गर्ने कार्य सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए ।
तत्कालिन रूपमा यसले सडक प्रयोग कर्तालाई धेरै सहज बनाउने माडी नगरपालिकाले विश्वास लिएको छ ।
योसँगै पकौडी देखी रिउ खोलाको पुलसम्म कालोपत्रे सडकका लागी सर्भे पनि सुरू गरिएको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिए ।