भरतपुर ७ मा सामाजिक सेवाको सिफारिस निःशुल्क

 

चितवन, ४ भदौँ । भरतपुर महानगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिसलाई निःशुल्क गरेको छ ।

महानगरपालिकाको वडा नम्बर ७ मा नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिसलगायतका सबै कार्य निःशुल्क गरेको वडा अध्यक्ष राजेन्द्र काफ्लले जानकारी दिए ।

ती सामाजिक सेवाका कर सिफारिस शुल्कलाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ । यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ ।

नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता लगायतका सिफारिसमा अघिल्लो वर्ष पनि शुल्क लगाइएको थिएन । यस वर्ष पनि छैन”, वडा अध्यक्ष राजेन्द्र काफ्लले भने ।
उनले ३५ दिन भित्र यस्ता घटना दर्ता नगरे फेरि थप शुल्क ५० रुपैयाँ जरिवान समेत तोकेको बताए ।

Promise Education Consultancy