देवघाटमा पशु अनुसन्धान केन्द्र बन्ने

आशिक राना
देवघाट, ३ भदौ । देवघाटमा गाउपालिका स्तरीय पशु अनुसन्धान केन्द्र बन्ने भएको छ । देवघाट गाउपालिका वडा नम्बर १ मा रहेको करिब ८० रोपनी सार्वजनिक जग्गामा अनुसन्धान केन्द्र बन्ने भएको हो । हाल सो जग्गा प्रयोजनमा नआई झाडीको रुपमा रहेको थियो । सो जग्गामा अनुसन्धान केन्द्र बनाउने भएपछि अहिले झाडी फाड्ने, वरपर सरसफाई गर्ने काम धमाधम सुरु भएको छ ।
वडा नम्बर १ भित्र रहेको ११ वटा टोल विकास संस्थाले हरेक दिन सो स्थानमा पालो पालो सरसफाई गर्ने काम हुदै आएको वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङले बताउनुभयो ।
गाउपालिकाका प्रमुख दुर्गा बहादुर थापाले हाल त्यस जग्गामा ५ सय वटा चापको बिरुवा र २ सय वटा बासको बिरुवा रोपिसकेको बताउदै त्यस जमिनमा रहेको झाडी फाड्ने काम र सरसफाई सकेपछि गाउपालिकाले बाकी १० हजार किम्बुको बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुभयो । उहाले त्यस क्षेत्रमा अनुसन्धान केन्द्र बनिसकेपछि त्यस ठाउको नागरीकहरुलाई लक्षित गरेर विभिन्न तालिमहरु जस्तै उन्नत जातको बाख्रा पालन, कुखुरा पालन, घासको नर्सरी, कृषि लगायतका तालिमहरु दिन सकिने बताउनुभयो ।
स्थानि मोहन गुरुङले गाउपालिका आएदेखि यस ठाउको विकासले गति लिएको बताउदै पशु अनुसन्धान केन्द्र बन्ने भएपछि यहाका नागरीकहरु थप उत्साहित भएको बताउनुभयो । गुरुङका अनुसार अनुसन्धान केन्द्र बनाउनको लागि यहाका जनताहरु रातदिन खटेर भएपनि श्रमदान गर्ने बताउनुभयो ।

Promise Education Consultancy