एक्सपर्ट एजुकेशनद्धारा हेटौँडामा दुई लाख रुपैयाँको ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण

 

हेटौँडा, ३ भदौँ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो सामाजिक उत्तरदायित्व अभियानलाई तीव्र पारेको छ ।
विगत लामो समयदेखि वैदेशीक उच्च शिक्षाका लागि लोकप्रिय र विशवसनिय संस्थाको रुपमा परिचितले एक्सपर्ट एजुकेशनले यतिवेला सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियानलाई तीव्र पारेको छ ।
चितवनमा यो अभियान सफल भएसगैँ एक्सपर्ट एजुकेशनले छिमेकी जिल्ला मकवानपुरको हेटौँडामा पनि यो अभियान सुरु गरेको छ ।
एक्सपर्ट एजुकेशनको मकवानपुर शाखाले एक कार्यक्रमकाबीच मकवानपुर ट्राफिक प्रहरीलाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेको छ ।


एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी सहायक निरीक्षक सन्तोष पोखरेललाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेका हुन् ।
करिब दुई लाख रुपैयाँ बराबरको सो बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने प्रहरी सहायक निरीक्षक सन्तोष पोखरेले बताए । यसले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नेमा विश्वस्त भएको उनले बताए । एक्सपर्टले आगामि दिनमा पनि हेटौंडामा सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य विभिन्न कार्यक्रमहरु गर्ने सर्भिसेस हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले जानकारी गराए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको भरपर्दो एवंम लोकप्रिय संस्थाको रुपमा परिचित छ ।
अष्ट्रेलियामा मूख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई सही परामर्श मात्र दिने नभई सामाजिक उत्तरदायित्वक समेत बहन गर्दै आईरहेको छ ।
एक्सपर्टले चितवनलगायत अन्य जिल्लाहरुमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

Promise Education Consultancy